संविधान संशोधन विधेयक संसद् सचिवालयमा दर्ता; सरकारले फिर्ता लियो प्रक्रियामा रहेको संशोधन विधेयक

nepal-constitutionकाठमाडौँ | सरकारले संविधानको नयाँ संशोधन विधेयक व्यवस्थापिका–संसद् सचिवालयमा दर्ता गराएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद् सचिवालयमा विधेयक शाखामा ‘नेपाल संविधान संशोधन गर्न बनेको विधेयक’ दर्ता गराएको हो ।

विधेयकमा संविधानको विभिन्न ११ बुँदामा संशोधनको प्रस्ताव गरिएको छ । यसअघि संसदमा विचाराधीन रहेको सिमाना हेरफेरसहितको संशोधन विधेयक सरकारले फिर्ता लिएको थियो । मंगलबार दर्ता गरिएको विधेयकमा सिमाना फेरफेर गर्ने प्रस्ताव राखिएको छैन ।

सरकारले फिर्ता लियो संशोधन विधेयक

सरकारले संसदको प्रक्रियामा रहेको संविधान संशोधन विधेयक फिर्ता लिएको छ ।

व्यवस्थापिका संसदको मंगलबारको बैठकमा कानुनमन्त्री अजयशंकर नायकले विधेयक फिर्ताको प्रस्ताव गरेका थिए, जसलाई बहुमतले स्वीकृत गरेको छ । प्रमुख विपक्षी एमाले भने मौन बसेको थियो ।

सीमांकनमा प्रमुख विपक्षी दल एमालेको आपत्ति रहेको भन्दै कानुनमन्त्री नायकले संशोधन फिर्ताको प्रस्ताव गरे । उनले अब मुलुकलाई निकास दिन एमाले पनि अगाडि आउनु पर्ने र मधेसी मोर्चा पनि लचिलो हुनु पर्ने बताए । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter