एफएनसिसिआईको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छाले मारे बाजी, अब यस्तो हुनेछ महासंघको नयाँ स्वरुप

Shekhar Golchaकाठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा विजयी भएका छन्। उनले प्रतिश्पर्धी किशोर प्रधानलाई पछि पारेका हुन्।

वरिष्ठ उपाध्यक्षमा विजयी शेखर तीन वर्षपछि महासंघको स्वत अध्यक्ष हुनेछन्। गोल्छा समूहका शेखरले किशोरलाई ठूलो मार्जिनसहित जितेका छन्।

प्यानलसहित निर्वाचनमा होमिएका गोल्छाले वरिष्ठ उपाध्यक्षमा ६३ दशमलव ३० प्रतिशत मत प्राप्त गर्दै जित हात पारेका हुन्। उनका प्रतिस्पर्धी प्रधानले ३६ दशमलव ७० प्रतिशत मत पाएका छन्। कूल सदर मतको ५० प्रतिशत मत ल्याउनै पर्ने प्रावधान गरेको निर्वाचनमा गोल्छाले जिल्ला÷नगरबाट ६१ मत प्राप्त गरेका छन्। यो कुल मतको २९ दशमलव ६१ प्रतिशत हो। त्यसैगरी, वस्तुगतबाट ४७ मत र एसोसिएटबाट ५ सय ४ मत प्राप्त गरेका छन्। यो कुल मतको क्रमश ९ दशमलव ५९ प्रतिशत र २४ दशमलव १० प्रतिशत मत ल्याएका हुन्। त्यसैगरी, किशोरले वस्तुगतबाट ५१ मत प्राप्त गरेका छन्। यो कुल मतको १० दशमलव ४१ प्रतिशत हो। त्यसैगरी, जिल्ला÷नगरबाट ४२ मत प्राप्त गरेका छन्। यो कुल मतको २० दशमलव ३९ प्रतिशत र एसोसिएटबाट १ सय २३ मत प्राप्त गरेका छन्। यो कुल मतको ५ दशमलव ९ प्रतिशत प्राप्त गरेका छन्।

जिल्ला र वस्तुगतको परिणाम आएपछि प्रधानले शेखरलाई माला लगाइ दिएर बिजयका लागि शुभकामना दिएका थिए।

भवानी राणाले नेतृत्व गर्ने महासंघको वरिष्ठ उपाध्यक्षमा शेखर हुनेछन्। एशोसिएटबाट यसअघि नै चन्द्र ढकाल निर्विरोध निर्वाचित भैसकेका थिए। वस्तुगतबाट उमेशलाल श्रेष्ठ उपाध्यक्ष भएका छन् भने जिल्लाबाट प्रमोद श्रेष्ठ उपाध्यक्ष बनेका छन्। महासंघको हाइप्रोफाइल पाँच पोस्टमध्ये प्रमोद मात्रै एक जना प्रधान समूहबाट विजय भएका छन्।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter