बजारमा न्याय (व्यङ्ग्य)

Justiceयोगीशकृष्ण / अचानक बजारमा चहलपहल बढ्यो । डलरको भाउ घटेर वा पाइलटको अवैध डलरसहित पक्राउ पर्दा जुन बजारमा चहलपहल बढछ , म त्यो बजारको कुरा गरिरहेको छैन । म त्यो बजारको कुरा गर्दैछु । कुरा गर्दा गर्दै म पुन : रोकिन्छु । के कारण म रोकिन्छु भने त्यो बजारमा तिनको कब्जा छ अहिले जो पहिले संसद्का लागि भन्ने गर्थे ‘ के जातिको टाउको देखाएर के जाति विक्री गर्ने ९ म यो उखान यस कारण पूरा उल्लेख गरिरहेको छैन – कुनै गैससले यसमा मानवअधिकारमैत्री भएन भनेर कतै व्यक्तव्य ननिकालोस् । अनि त्यही व्यक्तव्यको आडमा म र यो लेख प्रकाशन गर्ने सम्पादका विरुद्ध सामाजिक सञ्जालमा गाली गलौजको प्रतिस्पर्धा नहोस्  । जे होस् । म बजारको कुरा गर्दै थिएँ । बजार अर्थात् राजनीतिक बजारको ।

बजारमा चहलपहल बढेको कुरा मलाई यत्तिकै थाहा भएको होइन । म कुनै निश्चित समयमा मात्र समाचार हेर्ने , सुन्ने र पढने गर्छु । समाजिक सञ्जालमा आफनो निष्कृयताका कारण कतिपय मित्रले मलाई अमित्र बनाइसके । मित्र र अमित्रको द्वन्द्वान्तमक अनुभवका बारेमा म पछि कुनै दिन लेखुँला । आज म बजारको बारेमा मात्र लेख्दैछु । भन्दै थिएँ – बजारको चहलपहलबारे मलाई कसरी थाहा भयो भनेर । छिमेकी झुनझुनवाला बार्दलीमा चहलकदमी गर्दै कसैसँग मोबाइलमा कुरा गर्दै थिए । मलाई देखेर उनले हात उठाए । उनी सितिमिति मलाई देखेर हाथ उठाउने मानिस होइनन् । खास अवस्थामा मात्र उनी यसरी ‘विस ’ गछ्न् ।

फोनको वार्तालाप सकिनासाथ उनले मुस्कुराउँदै भने “ थाहा पाउनु भयो रु”

म झस्किएँ , नाकाबन्दी हुनुभन्दा अघिल्लो दिन पनि उनले यसै गरी सोधेका थिए । त्यतिबेला सारा आमनेपालीले कष्ट भोगेको कुरा समझिएर मन अमिलो भयो । स्थानीय चुनाव नहुने गर्न नहुने कुरा चलिरहेको छ , कतै फेरि नाकाबन्दी त हुने होइन । म डराएँ “ के फेरि नकाबन्दी त हुने होइन रु ’

“होइन, उनले मुस्कुराउँदै भने “अब केही बेरमा मन्त्रिपरिषदको बैठक बस्दै छ । ”

“कुन ठूलो कुरा हो रु मैले जबाफ फर्काएँ “ यो नियमित कुरा हो । ”

उनले भने “कसरी नियमित हो । पच्चीस दिनदेखि बस्न सकेको थिएन । बल्ल आज बस्ने भो । तपाइँ कस्तोखाले नेपाली हो , यत्रो ठूलो कुरालाई सामान्य भन्नु हुन्छ । बजारमा हलचल छ ”

उनी हालसालै नेपाली भएका हुन् । संविधान संशोधन भयो भने राष्ट्रपतिको उम्मेदवार हुन पाउने योग्यता हासिल गर्ने खालका । उनी मेरो नेपालीपनलाई ललकार्दै थिए । हुन त दूतावासका खरिदार तहका कर्मचारीले कस्ता कस्तालाई ललकार्छन् , मलाई उनले ललकार्नु कुनै नौलो वा ठूलो कुरा त थिएन । तैपनि म घरबाहिर निक्लिएँ । केही पर चारपाँच जनाको समूल उभिएर बजारको हलचलको चर्चा गर्दै थियो । सहभागीमध्ये एकले भन्यो “ हिजो मात्र मैले भनेकै थिएँ –एक दुई दिनभित्र मन्त्रिपरिषद्को बैठक बस्नै पर्छ । नबसी धरै छैन । भर्खर मेरो वरिष्ठ पत्रकार साथीले एसएमएस गरेर भन्यो बसिसक्यो । ”

सेठ झुनझुनवालाको कथन सत्य रहेछ –मन्त्रिपरिषदको बैठक वस्दै छ । अर्कोले मोबाइल हेरेर भन्यो “ ए , शुरु भएछ । फेसबुकमा मेरो नेता साथीले ‘स्टाटस अपडेट गरिसक्यो । ”

मन्त्रीपरिषद्को बैठक बस्दा किन यत्रो चर्चा । अरु मुलुकमा त आमजनतालाई मतलबै हुन्न । के निर्णय भयो त्यसमा केही उत्सुकता कमोवेस होला ।

“पच्चीस दिनपछि बस्न लागेको बैठक पक्कै केही न केही त हुन्छ । अर्कोले थप्यो “ यो आइजिपी प्रकरण अघिल्तिर नभएको भए पक्कै केही दिन अझै बैठक बस्ने थिएन । यसकै लागि पनि बैठक बस्न जरुरी थियो । ”

म बजारको चहलपहलको मजा लिन थालेँ । अर्काले भने “ चन्द र सिलवाल दुइटैको पत्ता साफ हुन्छ अब । तेस्रो व्यक्ति जो सबैभन्दा बढी योग्य रहेछ , त्यसैको पालो आउने पक्का पक्की भएको खबर हिजै देखि आउन थालिसक्यो । ”

अर्थात् मन्त्रिपरिषद्को बैठक बस्नुअघि नै त्यसको निर्णय बजारमा आइसक्यो । यो रुनुपर्ने प्रसङ्ग हो वा हाँस्नु पर्ने । म बुझिरहेको थिइँन । यत्तिकैमा मोबाइल चलाइरहेका अर्काले भने “ लु , लु हेर । निर्णय भइसकेछ , तेस्रो मानिस आइजिपी भएछन् । ”

सानो हाटबजारको विषय आइजिपी प्रकरणतिर मोडियो । एकजनाले बडो गम्भीरतापूर्वक भनेँ “ आखिर जो सबभन्दा बढी योग्य रहेछ , उसले नियुक्ति पायो । आखिर न्याय त रहेछ । ”

म सोच्न थालेँ –अचानक अर्कोको योग्यता बढी भएको समाचार नआउन्जेल वा अदालतमा पुन : यो प्रकरण पुगेन भने तीनमध्ये सबैभन्दा योग्यले नियुक्ति पाउनु न्याय हो भने त्यो न्याय पहिले किन भएन रु अहिले न्याय भएको हो रु

मैले निष्कर्ष निकालेँ – यो त अन्याय गर्न नपाउँदा भएको न्याय पो हो । मेरो निष्कर्ष सुनेर सानो बजार मौन भयो । ठूलो बजारमा यसको कुनै अर्थ छैन ।

(प्रतिक्रियाका लागि yogishkrishna81@gmail.com वा editor@nepalekhabar.com)

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter