राष्ट्रपति भण्डारीको राजकीय भारत भ्रमणका अवसरमा सोमबार सार्वजनिक बिदा

Bidhyaकाठमाडौँ, ३ वैशाख । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीको मित्रराष्ट्र भारतको राजकीय भ्रमणका अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपति भण्डारीको भारत भ्रमण स्वीकृत गर्नुका साथै सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतका अनुसार राष्ट्रपति भण्डारीको औपचारिक राजकीय भ्रमणमा ३४ जनाको भ्रमण दल रहनेछ ।

राष्ट्रपति भण्डारी पाँचदिने राजकीय भारत भ्रमण पूरा गरी आगामी शुक्रबार स्वदेश फर्किनुहुने कार्यक्रम रहेको छ । सरकारले यसअघि पनि राष्ट्रप्रमुखबाट हुने मित्रराष्ट्रको राजकीय भ्रमणका अवसरमा सार्वजनिक बिदा दिने गरेको थियो । रासस

 

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter