सौराहामा ‘पर्यटन गुरुयोजना’

ChitwanPackageचितवन, ४ वैशाख । नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा पर्यटन व्यवसाय सुरु भएको तीन दशकपछि बल्ल ‘पर्यटन गुरुयोजना’ निर्माण गर्न थालिएको छ ।

क्षेत्रीय होटल सङ्घका महासचिव राममणि खनालले गुरुयोजनाका लागि बजेट विनियोजन भएकाले आवश्यक प्रक्रिया सुरु भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार विभिन्न क्षेत्रबाट गुरुयोजनाका लागि करिब रु १८ लाख रकम आएकाले जिल्लाकै समग्र पर्यटन क्षेत्रलाई जोड्ने गरी पर्यटकीय पूर्वाधार निर्माण, वन्यजन्तु र वातावरण संरक्षण, तालतलैया निर्माण, प्रचारप्रसार तथा सम्मेलन केन्द्र, संस्कृति संरक्षणलगायत आवश्यक भौतिक निर्माणलाई प्राथमिकतामा राखेर गुरुयोजना बनाइनेछ ।

गुरुयोजना निर्माणका लागि पर्यटन विभागबाट रु दुई लाख ५० हजार, रत्ननगर नगरपालिकाबाट रु पाँच लाख, संस्कृति तथा पर्यटन मन्त्रालयबाट रु पाँच लाख र क्षेत्रीय होटल सङ्घले व्यहोर्ने गरी करिब रु पाँच लाख बजेट विनियोजन भएको महासचिव खनालले जानकारी दिनुभयो ।

विसं २०३० मा चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि २०३२ सालमा पर्यटन सम्बन्धी गतिविधि सौराहामा सुरु भएको पाइन्छ ।

विसं २०३७÷३८ तिर भने पर्यटन व्यवसाय नै सुरु भएको क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरे बताउनुहुन्छ । विसं २०४२ बाट भने व्यावसायिक रुपमा थालिएको पर्यटन व्यवसाय फस्टाउँदै गएको थियो ।

अहिले सौराहामा ११० भन्दा बढी सुविधायुक्त होटल बनेका छन् । झन्डै ६० वटा रेस्टुरेन्ट रहेको क्षेत्रीय रेवानका अध्यक्ष लालबहादुर भट्ट बताउनुहुन्छ ।

दैनिक सौराहामा दुई हजार ८०० पर्यटक बस्ने क्षमता छ । यहाँ आउने पर्यटक जङ्गल सफारी गरेर वन्यजन्तु अवलोकमा रमाउँछन् ।

चितवनमा ४० पर्यटकीय गन्तव्यको पहिचान भएको चितवन पर्यटन विकास समितिका महासचिव, विश्व सुवेदीले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter