सामाजिक उत्तरदायित्व कोष परिचालन गर्न कार्यविधि

government logoकाठमाडाँै, वैशाख ४ गते। उद्योग मन्त्रालयले औद्योगिक व्यवसाय ऐन २०७३ मा गरिएको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न कार्यविधि बनाउने भएको छ ।

ऐनको सामाजिक उत्तरदायित्वसम्बन्धी व्यवस्थाको कार्यान्वयनका सम्बन्धमा उद्योग मन्त्रालयले सरोकार भएका निकायका प्रतिनिधिसँग आज गरेको छलफलपछि कार्यविधि बनाइने जनाएको हो । कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले सामाजिक उत्तरदायित्वअन्तर्गत सङ्कलित रकम विपन्न वर्गका बालबालिकाको स्वास्थ्य, शिक्षा र पोषणमा खर्च गर्नुपर्ने बताउँदै रकमको सदुपयोग गर्न छलफलमा उठेका सुझाव समेटिने गरी सरोकार भएका निकायका प्रतिनिधि सम्मिलित संयन्त्र बनाई कार्यविधि बनाइने जानकारी दिनुभयो ।

सरकारले हालै ल्याएको औद्योगिक व्यवसाय ऐन २०७३ को दफा ४८ मा वार्षिक रु १५ करोडभन्दा बढी कारोबार गर्ने घरेलु तथा साना उद्योगले वार्षिक मुनाफाको कम्तीमा एक प्रतिशत रकम व्यावसायिक सामाजिक जिम्मेवारी गर्ने प्रयोजनमा खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ ।

छलफलमा मन्त्रालयका सचिव शङ्करप्रसाद कोइरालाले ऐनमा भएको व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबैको सुझावका आधारमा कार्यादेश तथा ढाँचा तयार गरिने बताउनुभयो ।

मन्त्रालयले व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गतको सहयोगलाई एउटै डालामा राखेर आवश्यक क्षेत्रमा खर्च गर्न सके सहयोगको प्रभावकारिता देखिने जनाएको छ । छलफलमा निजी क्षेत्रका प्रतिनिधिले मुनाफाको एक प्रतिशत अंश सामाजिक क्षेत्रमा खर्च गर्न आफूहरु तयार भए पनि खर्चको प्रमाणीकरण स्पष्ट हुनुपर्ने र पुनःयस्तै प्रकारको कर अन्य सरकारी निकायले लिन नहुनेमा मन्त्रालयले विश्वास दिलाउनुपर्ने माग गर्नुभएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter