८६ वर्षीय आरोही शेरचनको सगरमाथा आरोहणका क्रममा निधन

Sherchanकाठमाडौं , वैशाख २१ गते । विश्व रेकर्डका लागि सगरमाथा आरोहणमा हिडेका ८६ वर्षीय आरोही मीनबहादुर शेरचनको निधन भएको छ। म्याग्दीको भुरुवा तातोपानीका शेरचन काठमाडौंको समिट ट्रेड नेपाल नामक ट्रेकिङ एजेन्सीबाट सगरमाथा आरोहणमा हिँडेका थिए।

पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईका अनुसार शेरचनको शनिबार निधन भएको हो। शेरचन वैशाख ३ गते आइतबार सात सदस्यीय टोलीसहित काठमाडौंबाट सगरमाथा आरोहणमा हिड्नु भएको हो। शेरचन काठमाडौंबाट हेलिकोप्टरमा नाम्चे बजार हुँदै सगरमाथा आरोहणका लागि प्रस्थान गर्नु भएको थियो। शेरचनको आरोहणका लागि मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान नै चलाइएको थियो।

शेरचनले सन् २००८ मा ७६ वर्षको उमेरमा तीन सय ४० दिन लगाएर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राख्नु भएको थियो । ‘मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान’ ले सन् २०१३ र २०१५ मा प्राविधिक कारणले अक्षम भएको भन्दै यस वर्ष आरोहणको मिति तोकेको थियो । आरोही शेरचनले विश्वशान्ति र पृथ्वीआमाको रक्षाका लागि सगरमाथा आरोहण गर्ने बताउनु भएको थियो।

सगरमाथा आरोहण अघि आयोजित पत्रकार सम्मेलनमा शेरचनले भन्नु भएको थियो, ‘मेरो ८६ वर्ष उमेर किर्ते गरेको हो जस्तो लाग्छ । म सगरमाथा चढेरै छाड्छु।’ यसअघि ज्येष्ठ नागरिक शैलेन्द्रकुमार उपाध्यायले आरोहण प्रयास गर्दा आरोहणकै क्रममा हिमालमै उहाँको समेत मृत्यु भएको थियो ।

शेरचनको आरोहण दललाई म्याग्दी प्रवासी नेपाली संघ बेलायत, गैरआवासीय नेपाली संघ बेलायत, थकाली समाज बेलायत र मगर समाज बेलायतले सहयोग गरेका थिए। शेरचनको आरोहणका लागि करिब ९५ लाख रुपैयाँ तय गरिएको थियो ।
पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को ३ नम्बर बुँदामा पर्वतारोहणका लागि अनुमति लिनुपर्ने व्यवस्था छ । नियमावलीमा १५ वर्ष काटेकालाई मात्र अनुमति दिने उल्लेख भए पनि माथिल्लो उमेरको व्यवस्था छैन ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter