सिमकोट मानसरोवर जाने पर्यटक बढे

File Photo

राजन राउत / सिमकोट, वैशाख २३ गते । प्रसिद्ध धार्मिक स्थल कैलाश मानसरोवर जाने भारतीय पर्यटक आउने क्रम बढेसँगै सदरमुकाम सिमकोटमा पर्यटकीय चहलपहल बढेको छ ।
मौसम परिवर्तन र हिमपात नहुँदा गत वर्षभन्दा दुई हप्ता अघिदेखि नै सिमकोटमा भारतीय पर्यटकको आगमन भएको छ । शुक्रबार मात्रै करिब चार दर्जन भारतीय पर्यटक सिमकोट भित्रिएको स्थानीय पर्यटन व्यवसायीले बताएका छन् । व्यवसायीका अनुसार शनिबारका लागि मात्रै करिब ६० जना पर्यटकले होटल बुकिङ गरिसकेको छन् ।

कैलाश सरोवर पुग्न नेपालगञ्ज अथवा सुर्खेतदेखि सिमकोटसम्म आउनुपर्ने भएकाले पछिल्ला केही वर्ष सिमकोटमा पर्यटकीय गतिविधि बढ्दै गएको हो । सिमकोटबाट १५ मिनेटको उडानपछि हिल्सा र त्यसपछि सीमापार ताक्लाकोट हँुदै मानसरोवर पुग्न सकिन्छ ।

सिमकोट हुँदै मानसरोवर जाने पर्यटकलाई लक्षित गर्दै उडान सङ्ख्या थप्ने तथा होटलमा कोठाको क्षमता बढाउने काम पनि पछिल्लो समय देखिन थालेको छ । त्यस्तै सिमकोटबाट हिल्सासम्मको उडानका लागि दुईओटा हेलिकोप्टरको व्यवस्था गरिएको छ । अन्य दिनमा दैनिक दुईओटा उडान हुँदै आएकोमा शुक्रबारमात्र पाँचओटा उडान भएका थिए । गतवर्ष एकै दिन सिमकोटमा तीसओटासम्म उडान भएका थिए ।

सिजन सुरु भएपछि पर्यटक बढ्ने र त्यसैअनुसार तयारी सुरु गरिएको सिमकोटमा रहेको कैलाश रिसोर्टका सञ्चालक विजय लामाले बताउनुभयो । यस वर्ष करिब १५ हजार भारतीय पर्यटक सिमकोट आउने अनुमान गरिएको छ ।
पर्यटकको सङ्ख्या बढ्ने भएपछि विभिन्न टे«किङ एजेन्सी र सदरमुकामका होटलसँग ‘नाइट स्टे’लागि सम्झौता प्रक्रिया अगाडि बढाइएको मानसरोवर होटेलका सञ्चालक टेकबहादुर रावतले बताउनुुभयो ।

होटलमा बढ्दैछ बुकिङ
सदरमुकाम सिमकोटमा मात्र हाल आठओटा होटल सञ्चालनमा छन् । पाँच करोड रुपियाँ लागतमा निर्माण भएको मानसरोवर होटलमा मात्रै यस वर्षका लागि विभिन्न टे«किङ एजेन्सीले करिब पाँच हजार पर्यटकका लागि बुकिङको जानकारी लिएको सञ्चालक रावतले बताउनुभयो ।

कैलास रिसोर्टले एक हजार पर्यटकको बुकिङ सम्झौता आएको जनाएको छ । सनभ्याली रिसोर्टमा पनि अहिलेसम्म चार हजार पर्यटकका लागि बासको बुकिङ जानकारी माग गरेको प्रबन्धक पेमा लामाले जानकारी दिनुभयो । गतवर्ष सञ्चालनमा आएको गतवर्ष सिमकोट हुँदै करिब १० हजार पर्यटक मानसरोवर पुगेका थिए । जेठदेखि भदौ महिनासम्म मानसरोवर जाने सिजन मानिन्छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter