काठमाडौँबाहिर तीन ठाउँमा वैदेशिक रोजगार सेवा केन्द्र खोल्ने तयारी

Department of Foreign Employmentसीता शर्मा / काठमाडौँ, वैशाख २५ गते । वैदेशिक रोजगार विभागले काठमाडौँबाहेक अन्य तीन ठाउँमा सेवा केन्द्र सञ्चालन गर्ने तयारी गरेको छ ।

वैदेशिक रोजगारीमा जाने व्यक्ति सानो कामका पनि राजधानीस्थित विभागमा आउनुपर्ने बाध्यतालाई मध्यनजर गरी विभागले आउँदो साउनदेखि राजधानीबाहिर तीन ठाउँमा सेवा केन्द्र सञ्चालन गर्ने तयारी गरेको हो । विभागका अनुसार बाँकेको नेपालगञ्ज, धनुषाको
ढल्केवर र कास्कीको पोखरा वा रूपन्देहीको बुटवलमध्ये कुनै एक ठाउँ विभागले सेवा केन्द्र सञ्चालन गर्न लागेको हो ।

विभागका महानिर्देशक विश्वराज पाण्डेले वैदेशिक रोजगारीमा बढी जाने क्षेत्र र विदेश जाने व्यक्तिलाई पायक पर्ने ठाउँलाई लक्षित गरेर विभागको सेवा केन्द्र खोल्ने तयारी गरेको जानकारी गराउनुभयो । उहाँले विभागले ती तीन ठाउँमा सेवा केन्द्र खोलेपछि भने विदेश
जाने व्यक्तिले आफ्नो पायक पर्ने ठाउँबाट सेवा लिन सक्ने बताउनुभयो ।

विभागका महानिर्देशक पाण्डेले ती ठाउँमा सेवा केन्द्र सञ्चालन गरेपछि विभागको ताहचलस्थित श्रम कार्यालयमा हुने चापमा धेरै कमी आउने र सेवाग्राहीलाई पनि धेरै राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
राजधानीबाहिर सेवा केन्द्र स्थापना गरेर सेवा दिनका लागि आवश्यक जनशक्ति र पूर्वाधारका विषयमा आन्तरिक गृहकार्य भइरहेको पनि उहाँको भनाइ छ । विभागका अनुसार सेवा केन्द्रबाट वैदेशिक रोजगारीमा जानेलाई विभागबाट दिइने परामर्शदेखि नयाँ श्रम स्वीकृति,
पुनः स्वीकृतिका सेवा उपलब्ध गराउने गरी तयारी भइरहेको छ ।

त्यसैगरी, विदेशमा कार्यरत कामदारले आउँदो साउन महिनादेखि सम्बन्धित देशको दूतावासबाटै पुनः स्वीकृति लिन पाउने भएका छन् ।
विदेशस्थित नेपाली नियोगले धेरै पहिलेदेखि नै पुनः स्वीकृति दिन सकिने भन्ने विषयका कुरा उठाउँदै आएको भन्दै महानिर्देशक पाण्डेले नियोगकै सुझावका आधारमा नयाँ आर्थिक वर्षदेखि राजदूतावासबाटै पुनः श्रमस्वीकृति दिने तयारी भइरहेको छ भन्नुभयो । नेपाली
कामदार बढी भएका मलेसिया, साउदी अरब, कतार, कुवेतका दूतावासबाट एकै पटक श्रमस्वीकृति दिन सुरु गरिने भनिएको तर एकै पटक सम्भव हुने नहुने भन्ने विषयमा अहिलेसम्म टुँगो नलागेको उहाँको भनाइ छ ।

दूतावासबाट श्रम स्वीकृतिको सेवा दिन थालेपछि बिदामा नेपाल आउने कामदारले काठमाडौँमा पुनः श्रम स्वीकृति लिनु पर्दैन् । कामदारले गन्तव्य मुलुकमा रहेको नेपाली दूतावासबाटै पुनः श्रमस्वीकृति लिन सक्नेछन् । अहिले काठमाडौँको ताहचलमा रहेको विभागको
श्रम कार्यालयबाट मात्रै नयाँ र पुनः श्रम स्वीकृति लिन पाउने व्यवस्था छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter