चितवनमा सालकाे रूख काटे १० लाख रूपियाँ जरिवाना !

community forestचितवन, वैशाख २६ गते चितवन राष्ट्रिय निकुञ्जभित्रको वन पैदावर चोरी तस्करी गर्ने व्यक्तिले अव जरिवानास्वरुप लाखौँ रुपैयाँ तिर्नुपर्ने भएको छ ।

नेपाल राजपत्र २०७३ को पाँचौँ संशोधनसँगै निकुञ्जको वन पैदावार चोरी तस्करी गर्नेसँग जरिवाना रकममा वृद्धि भएको हो । हालै संशोधित ऐनअनुसार क्षतिको बिगोको दोब्बर जरिवानासम्म तिर्नुपर्ने भएको छ । यसअघि वन पैदावार हानीनोक्सानी पु¥याउनेलाई बढीमा दुई वर्षसम्म कैद र रु १० हजारसम्म जरिवाना लिने व्यवस्था थियो ।

कैद भुक्तानबापत एक दिनको रु २५ जरिवाना तिर्दा दुई वर्षको १८ हजार रु २५० हुन आउँथ्यो । यसमा रु १० हजार जरिवाना थप गर्दा जति वन पैदावरको क्षति पु¥याए पनि रु २८ हजार २५० तिरे पुग्थ्यो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार संशोधित ऐनअनुसार रु एक हजार बिगोसम्मको भएमा विगो मात्रै तिरेपुग्छ भने रु एक हजारदेखि १० हजार बिगोको लागि बिगो बमोजिम जरिवाना र ६ महिनासम्म कैद हुनसक्छ भने सोभन्दामाथि वन पैदावरको क्षतिको दोब्बर बिगो र एक वर्षसम्म कैद हुने व्यवस्था छ ।

कैदको समय घटाए पनि बिगोको दोब्बर हुने हुँदा जरिवाना अत्याधिक धेरै हुने कँडेलले बताउनुभयो । सामान्य रुपमा लिएर वन पैदावार चोरी निकासी गर्नेले घरखेत बिक्री गरी धरौटी राख्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो । ऐनमा वन पैदावरको दररेट समेत उल्लेख गरिएको छ । सतिसालप्रति क्यूफिट रु एक हजार ५००, साल रु ३०० देखि रु ८०० सम्म, जङ्गली सिसौ रु एक हजार, खयर ६०० रुपैयाँ दररेट तोकिएको छ । जसको सतप्रतिशत जरिवाना हुँदा दोब्बर रकम तिर्नुपर्ने हुन्छ ।

एक वर्ष कैदको प्रतिदिन रु २५ का दरले एक वर्षको रु नौ हजार एक सय २५ हुनआउँछ । यो दररेट अनुसार एउटा सालको रुखको करिब रु १० लाखसम्म बिगो जरिवाना पर्ने देखिएको छ ।

हालै मात्र ठोरीको शनिश्चरे मध्यवर्ती सामुदायिक वनका अध्यक्षले तोकिएको भन्दा बढी साल, खयर र जमुनाको काठ काटेपछि रु १० लाख ९ हजार १६७ धरौटी राखेर निस्किएको निकुञ्जले जनाएको छ ।

त्यसैगरी जगतपुरमा निकुञ्जभित्र काठ काटेकै कारण ११ जनाले रु ६६ लाख धरौटी राखेर तारेखमा छन् । बरण्डाभार उपभोक्ता समिति बाटुलीचौरमा काठ काटेकै कारण ६ जनाले रु १५ लाख धरौटी राखेर छुटेका छन् । उनीहरु सबैले घरजग्गा धरौटी राखेका हुन् ।

माथिका घटनालाई हेर्दा समयमै जनतालाई सुसूचित गर्न नसके निकुञ्ज आसपास बस्ने गरिब जनताको घरखेत बिक्री गरेर जरिवाना तिर्नुपर्ने देखिएको निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले बताउनुभयो ।

यस अघिको झै सामान्य रुपमा लिएर निकुञ्जमा प्रवेश गरी वन पैदावर चोरी निकासी गर्न हुँदैन भन्ने सन्देश सबैलाई दिन जरुरी भएको अर्यालले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter