लुम्बिनीको समग्र विकासको लागि ध्यान दिन उपराष्ट्रपतिको आग्रह

Lumbiniबुटवल, वैशाख २७ गते । उपराष्ट्रपति नन्दबहादुर पुनले बुद्धदर्शन तथा यसको विकासले नेपालमा शान्तिको चेतनाको निर्माण भएको बताउनुभएको छ । उहाँले बुद्धदर्शन तथा यसको विकास नेपालमा भएको कारण नेपाल र नेपालीका लागि गौरवको विषय रहेको समेत उल्लेख गर्नुभएको छ ।

उपराष्ट्रपति पुनले २५६१ आँै बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आज बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित मूलसमारोह कार्यक्रमलाई सम्बोधन गर्नुहँुदै बुद्धको पञ्चशीलको सिद्धान्त व्यवहारमा ल्याउन सकेमा मानव जीवन सार्थक हुन्छ भन्नुभयो ।

उहाँले बुद्ध एक महान दार्शनिक हुुनुको साथै बुद्धको शिक्षा जीवनयोगी र अहिले झन् सान्दर्भिक रहेको बताउँदै भन्नुभयो–“बुद्ध दर्शनको महत्व अझै बढेको छ ।”

उपराष्ट्रपति पुनले लुम्बिनीको विकासको लागि लुम्बिनी विकास कोषले थप कार्ययोजना अगाडि बढाउनु जरुरी रहेको बताउँदै लुम्बिनीसँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्रामलाई पनि एकैसाथ जोडेर विकास कार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो–“बुद्धको दर्शन बुझ्न र बुझाउनको लागि एकीकृत परिचय दिनु आवश्यक छ । बुद्धको जन्मस्थलबारे फैलाइएको भ्रमबारे चिर्न जरुरी रहेको छ ।”

नेपाल सरकारलाई लुम्बिनीको समग्र विकासको लागि ध्यान दिन आग्रह गर्दै उहाँले लुम्बिनी आउने पर्यटकलाई कम्तीमा पनि १० दिन बस्नसक्ने वातावरण मिलाउन सकेमा लुम्बिनीको पर्यटकीय विकास हुने बताउनुभयो ।

कार्यक्रममा सांसद कमलेश्वर पुरी गोश्वामीले गौतम बुद्धको जन्मस्थल विश्व शान्तिको खोजको लागि गृहत्याग गरेका गौतम बुद्धले विश्वमा शान्तिको दीप जलाएको भन्दै बुद्ध धर्मको विशेष प्रसारप्रसारको खाँचो रहेको बताउनुभयो ।

उहाँले गौतम बुद्धको अहिंसावादी सिद्धान्त सबैले पालना गर्नुपर्ने बताउनुभयो ।

संस्कृित, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले लुम्बिनी क्षेत्रको विकासमा लुम्बिनी र यससँग सम्बन्धित क्षेत्र तिलौराकोट, रामग्राम, देवदहलगायतको वृहत्तर गुरुयोजनामा थप क्षेत्रलाई समेत विकास गर्ने योजना अगाडि बढाएको बताउनुभयो ।

उहाँले भन्नुभयो–“लुम्बिनी क्षेत्रको विकासका लागि बुद्ध परिपथ र बृहत्तर गुरुयोजना अगाडि बढाउने योजना रहेको छ ।” उहाँले लुम्बिनीको पर्यटन विकासमा यहाँ आउने पर्यटकको बसाइँ लम्ब्याउनेको लागि सरकारले बुद्ध परिपथको अवधारणा अगाडि बढाएको र लुम्बिनी क्षेत्रको विकासको लागि सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको जानकारी दिनुभयो ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यले नेपाल सगरमाथा र भगवान गौतम बुद्धको देशको रुपमा विश्वले चिन्ने गरेको बताउँदै बौद्ध धर्मको सुत्रपात भएको लुम्बिनीलाई देशले विशेष महत्वपूर्ण स्थानको रुपमा विकास गरोस् भन्नुभयो ।

सो अवसरमा उपराष्ट्रपति पुनले लुम्बिनी विकास कोषमा २५ वर्ष सेवा गरेकी मीना शर्मालाई दीर्घसेवा र अन्य १० जनालाई सम्मान गर्नुभयो । कार्यक्रम विकास कोषका उपाध्यक्ष भिक्षु निग्रोधको अध्यक्षतमा भएको कार्यक्रममा बुद्धको जीवनी झल्काउने नृत्य र झाँकी प्रस्तुत गरिएको थियो । उपराष्ट्रपति पुनले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पुगेर दर्शन गर्नका साथै मायादेवी मन्दिरको बारेमा जानकारी लिनुभएको थियो । रासस

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*
Advertise Section 7

TOP NEWSview all

Even though it’s late, victims will get something from the commission: Subedi

Cecil and Harambe; a lesson for Himalayan Republic

Trip Down under

We want real conversion of our students beyond religion: Fr. Boniface Tigga, Regional Superior of Nepal Jesuit Society

I am inspired by the kindness, decency and warmth of the people of Nepal: DeLisi