अब नक्सापासमा हस्ताक्षर अनलाइनबाटै

Kathmandu Metropolitionकाठमाडौँ, वैशाख २८ गते । महानगरमा घर बनाउन चाहने नागरिकलाई थप सुविधा दिनका लागि काठमाडौँ महानगरपालिकाले अनलाइनबाटै नक्सामा हस्ताक्षर गर्ने भएको छ ।

गत साउनदेखि नै अनलाइनबाट नक्साको काम हुने गरेको भएपनि नक्सा पास गर्नेको हस्ताक्षर भने हातले गर्नुपर्ने थियो । अन्य प्रक्रिया पूरा भएपछि नक्सा पास गर्ने व्यक्तिले हातले हस्ताक्षर गर्नुपर्ने अवस्था रहेकोमा अब त्यस किसिमको अवस्था नआउने कामपाका इन्जिनियर राम थापाले जानकारी दिनुभयो ।

यस व्यवस्थासँगै नगरवासीलाई थप सुविधा पुग्ने विश्वास कामपाले लिएको छ । यसभन्दा अघि नक्सा पासको सबै काम अनलाइनबाट भएपनि हस्ताक्षर हातले गरिने हुँदा अन्तिम समयसम्ममा नक्सा पास गराउने व्यक्ति कामपामा धाउनुपर्ने थियो, अब नगरवासी यस किसिमको झन्झटबाट मुक्त भएका छन् । घरबाट नै नक्सा पासका लागि दर्ता गर्न र पास भएको नक्सा लिन पाउनेछन् ।

थापाका अनुसार यो प्रक्रिया अघि बढाउनका लागि नीतिगत निर्णय भइसकेको छ । केही प्राविधिक समस्या समाधान हुने बित्तिकै छिट्टै काम सुरु हुन्छ ।

यससँगै कामपाले भवन निर्माणका लागि महानगरमा आएर नक्सा पास गर्ने र नक्साअनुरुप निर्माण कार्य नगर्ने पाएपछि नियमित अनुगमनका लागि आफ्ना इन्जिनियरलाई नै हरेक दिन निर्माणस्थलमा खटाउन सुरु गरेको छ ।

यसरी निर्माणको समयमा नक्सा विपरीत काम भएको पाइएमा तत्काल रोक्ने तथा अन्य कारबाहीको प्रक्रियाअघि बढाइने कामपाले नगरवासीलाई चेतावनी दिएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter