पाँचदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति थाइल्यान्डमा

President Visitथाइल्यान्ड (बैङ्कक), वैशाख २९ गते । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्डको पाँचदिने औपचारिक भ्रमणका क्रममा केहीबेर अघि थाइल्यान्डको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थल बैङ्ककमा अवतरण हुनुभएको छ ।

राष्ट्रपति भण्डारीलाई सो विमानस्थलमा थाइ नरेशका प्रतिनिधि प्रिभी काउन्सिलर चारुनथाडा कर्नसुथ, थाइल्याण्डका डिजिटल, आर्थिक तथा समाज मन्त्री पिचेट डुरोङ्गकाभेरोजले ( तथा थाइल्याण्डका विदेश मन्त्रालयका उच्चपदस्थ प्रतिनिधिहरुले भव्य स्वागत गर्नुभएको छ ।

त्यसअघि विमानबाट ओर्लिएलगत्तै थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले उहाँलाई स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारी विमानस्थलबाट उहाँलाई आतिथ्य दिइएको नोभोटेल होटल जानुभएको छ ।

राष्ट्रपति भण्डारीले आज साँझ थाइल्यान्डस्थित ग्रान्ड प्यालेसमा राखिएकोे स्वर्गीय थाई राजा भूमिबल अदुल्यादेजको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नु हुनेछ ।
गतवर्ष असोज २७ गते निधन हुनुभएका थाई राजा भूमिबलको पार्थिव शरीर ग्य्रान्ड प्यालेसमा राखिएको छ । उहाँको अन्त्येष्टि बौद्धधर्म परम्परानुसार आगामी कात्तिक ९ गते त्यहीँ प्यालेसको एउटा गार्डेनमा गरिने जनाइएको छ ।

राजा भूमिबलको निधनपछि विश्वका विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा नेता बैंकक पुगेर उहाँको पार्थिव शरीरमा माल्यार्पण गर्दै आएका छन् ।

राष्ट्रपति भण्डारीको सम्मानमा आज साँझ थाइल्याण्डस्थित नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि उहाँ सहभागी हुने कार्यक्रम छ ।

राष्ट्रपतिको भ्रमणमा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका वैदेशिक मामिलाविज्ञ डा मदनकुमार भट्टराई र सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एसिया महाशाखा) भृगु ढुङ्गाना, शिष्टाचार महापाल दीपक अधिकारी र शिष्टाचार अधिकृत कुलबहादुर मगर, सञ्चारकर्मीलगायत उच्चपदस्थ अधिकारीलगायतको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी आगामी जेठ २ गते स्वदेश फर्कनुहुने छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter