७१ प्रतिशत मत खसेको निर्वाचन आयोगको प्रारम्भिक अनुमान; दोस्रो चरणको निर्वाचनमा जुट्न कार्यवाहक राष्ट्रपतिको अपिल

V3काठमाडौँ, वैशाख ३१ गते : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहको पहिलो चरणअन्तर्गत आज वैशाख ३१ गते आइतबार तीन प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहका लागि भएको मतदान कार्य छिटफुट घटनाबाहेक शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको जानकारी दिए । उनले सम्पन्न मतदान कार्यमा ३४ जिल्लाबाट प्राप्त प्रारम्भिक विवरण अनुसार कम्तीमा ७१ प्रतिशत मतदान भएको छ ।

मतदानमा युवा पुस्तादेखि जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, किरियापुत्री, दृष्टिविहीनसम्मले निकै उत्सुकतापूर्वक सहभागिता जनाएको र यस सहभागिताले जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनमा सहभागी हुनुहुने मतदातालाई पनि उत्साहित बनाउने छ भन्ने विश्वास आयोगले लिएको छ । उनले मतदाता महानुभावहरूले लोकतान्त्रिक अभ्यासमा देखाउनु भएको यस व्यापक सहभागिताप्रति आयोग हार्दिक धन्यवाद दिएका छन् ।

२८३ स्थानीय तहका लागि भएको मतदान कार्य अन्तर्गत अाइतबार २८१ स्थानमा मात्रै मतदान भएको थियो । मनाङ जिल्लाको नारपूm गाउँपालिका र डोल्पा जिल्लाको शेफोक्सुण्डो गाउँपालिकामा यसअघि नै निर्विरोध निर्वाचन भइसकेको आयोगले जानकारी दिएको छ ।

आयोगले मतदान कार्य सम्पन्न भएका स्थानीय तहका मतपेटिकाहरू सम्बन्धित स्थानीय निकायको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि मतगणना प्रक्रिया अगाडि बढाइने बताएको छ । मतपेटिका प्राप्त भएपछि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुले मतगणना गर्ने विषयमा राजनीतिक दलहरुसँग समन्वय गरी मतगणनाको मिति र समय तोक्ने आयोगले जनाएको छ । आफ्नो तयारी पूरा भएपछि उनीहरुले अाइतबार राति वा साेमवारबिहानबाट मतगणना सुरु गर्ने र मतपरिणाम सहज तरिकाले सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

आयोगको आफ्नो तयारी र निर्वाचन व्यवस्थापनको कमी कमजोरीले कुनै मतदान केन्द्रमा गम्भीर समस्या उत्पन्न भएन र सहज ढंगले मतदान कार्य अगाडि बढाउन आयोग सफल भएको जनाएको छ । आयोगले मतदाताले व्यक्त गरेको मतलाई लिएर उत्तेजनामा नआउन, संयमता प्रदर्शन गर्न र लोकतान्त्रिक पद्धति र प्रक्रियाप्रतिको प्रतिवद्धतालाई पुनः अभिव्यक्त गर्न आयोग सबै सरोकारवालासँग अनुरोध गरेको छ ।

तीनवटा मतदान केन्द्रमा मतदान स्थगित

आयोगले नचाहँदा नचाहँदै पनि तीनवटा मतदान केन्द्रमा मतदान कार्य स्थगित भएको जनाएको छ । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ४ को मतदान केन्द्र र कालिकोटको कालिका गाउँपालिकाको बालाचौर आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रको मतदान कार्य स्थगित भएको आयोगले जनाएको छ ।

दोलखा जिल्लाको मेलुङ गाउँपालिकाअन्तर्गत सत्येश्वर माविमा रहेको मतदान केन्द्रमा सुरक्षार्थ सुरक्षाकर्मीको कारबाहीमा एक जनाको निधन भएको घटनाप्रति आयोग दुःख व्यक्त गरेको छ ।सो केन्द्रको मतदान कार्य पनि स्थगित भएको आयोजले जनाएको छ ।

दोस्रो चरणको निर्वाचनमा जुट्न कार्यवाहक राष्ट्रपतिको अपिल
कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुन पासाङले सरकार,राजनीतिक दललाई आपसी सम्वाद,सहमति र सहकार्यको माध्यमबाट समस्या समाधान गरी दोस्रो चरणको निर्वाचनमा जुटन अपिल गर्नु भएको छ । स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न हुनुलाई संविधान
कार्यान्वयनको ऐतिहासिक सफलताको संज्ञा दिदै उहाँले दोस्रो चरणको निर्वाचन पनि महाउत्सवकै रुपमा सम्पन्न हुने बिश्वास व्यक्त गर्नु भएको छ ।
‘स्थानीय तहको पहिलो चरणको निर्वाचन महाउत्सवको रुपमा जसरी सम्पन्न भयो, त्यसैगरी दोस्रो चरणको निर्वाचन पनि साँच्चीकै महाउत्सवकै रुपमा सम्पन्न हुने विश्वास लिएको छु । सरकार, राजनीतिक दललहरु आपसी संवाद, सहमति र सहकार्यको माध्यामबाट समस्याहरु समाधान गर्दै दोस्रो चरणको निर्वाचनमा जुट्नेमा विश्वस्तता व्यक्त गर्दछु’ स्थानीय तहको निर्वाचनपछि उहाँले जारी गर्नु भएको धन्यवाद सन्देशमा भनिएको छ ‘नयाँ संविधानको पूर्ण कार्यान्वयनका लागि २०७४ माघ ७ गतेभित्र संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न गरिसक्नुपर्नेछ । संघीय शासन व्यवस्थामा रहेको तीन तह संघ, प्रदेश र स्थानीयमध्ये स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न हुनु संविधान कार्यान्वयनका लागि ऐतिहासिक सफलता हो ।’

नेपाली जनताको लामो वलिदानीपूर्ण संघर्षबाट प्राप्त नयाँ संविधान कार्यान्वयनको ऐतिहासिक खुट्कीलो स्थानीय तहको पहिलो चरणको निर्वाचन मतदाताहरुको भव्यतम सहभागीता र उल्लासमय वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै उहाँले सन्देशमा भन्नु भएको छ‘आजको ऐतिहासिक दिन हामी नेपालीहरुका लागि ज्यादै गौरवपूर्ण दिन हो । स्थानीय तह देशको समृद्धि र सुदृढ् लोकन्त्रको आधार स्तम्भ भएकोले यस निर्वाचनले लोकतन्त्रलाई सुदृढ् गर्नुका साथै समृद्धिको ढोकासमेत खोल्ने छ ।’

सिंहदबारमा केन्द्रित अधिकार र स्रोत साधनलाई जनताको घर आँगनमा पु¥याउन आफ्नो शासन आफै गर्ने स्थानीय तहको पहिलो चरणको निर्वाचनलाई महाउत्सवको रुपमा लिएर सहभागी भई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्नेसम्पूर्ण मतदाताहरुलाई उहाँले बधाई तथा धन्यवाद दिनु भएको छ । ‘निर्वाचन शान्तिपूर्ण एवम् ऐतिहासिक रुपमा सम्पन्न भएकोमा नेपाल सरकार, निर्वाचन आयोग, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, सञ्चाकर्मी, पर्यवेक्षक र स्वयमसेवकलगायत सबैलाई धन्यवाद ज्ञापन गर्दछु’ सन्देशमा भनिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter