पानीका स्रोत सुक्न थालेपछि पानीमिल बन्द….

Water Millबेनी (म्याग्दी), जेठ १ गते । पानीका मुहान सुक्दै जान थालेपछि म्याग्दीका ग्रामीण क्षेत्रमा साना उद्योगका रूपमा सञ्चालित पानी मिल बन्द हुन थालेका छन् ।

पानीको अभावमा जिल्लाका मराङ, बिम, मुना, बरङ्जा, रुमलगायतका गाउँमा सञ्चालित २५ वटा पानी मिल बन्द भएपछि मिलमा आश्रित २५ परिवारलाई जीविकोपार्जनमा समस्या परेको छ ।

बर्सेनि मुहानमा पानी सुक्दै जान थालेपछि ३० वर्षदेखि तोरी पेल्ने र अन्न कुटानी पिसानी गर्दै आएको बरङ्जाको अर्जेखोलामा सञ्चालित पानीमिल बन्द गर्नुपरेको सञ्चालक डिलबहादुर श्रीसले बताउनुभयो ।

“अझै केही वर्ष यस्तै तवरले मौसम परिवर्तन हुने र खडेरी पर्ने हो भने पानीमिल व्यवसाय नै विस्थापित हुन सक्छ” उहाँले निरास हुँदै भन्नुभयो । सो मिलमा तोरीसहित दैनिक १५÷१६ मुरी धान, गहुँ, मकै, कोदो आदि अन्न कुटानी पिसानी हुने गर्दथ्यो ।

पानीमिलमा कुटानी पिसानी गरेको अन्न खानका लागि स्वादिलो, स्वास्थ्यवद्र्धक र लामो समयसम्म भण्डारण गरेर राख्न सकिने बरङ्जा दुर्दीका मनलाल खत्रीले बताउनुभयो ।

“घट्टभन्दा धेरै छिटो कुटानी पिसानी गर्न सकिन्छ, लामो समयसम्म भण्डारण गरेर उपभोग गर्दा पनि किरा लाग्दैन” खत्रीले पानीमिलको फाइदाबारे वर्णन गर्दै भन्नुभयो “खाँदा पनि स्वादिलो हुन्छ ।”

तर अहिले मिल बन्द हुँदा ग्रामीण क्षेत्रका बासिन्दा चिन्तित भएका स्थानीय शिक्षक कृष्णप्रसाद सापकोटाले बताउनुभयो । डिजलमिलको तुलनामा पानीमिल करिब पाँच गुणा सस्तो हुने भएकाले यसलाई प्रोत्साहन गर्नुपर्ने सर्वसाधारणको भनाइ छ । रासस

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*
Advertise Section 7

TOP NEWSview all

Even though it’s late, victims will get something from the commission: Subedi

Cecil and Harambe; a lesson for Himalayan Republic

Trip Down under

We want real conversion of our students beyond religion: Fr. Boniface Tigga, Regional Superior of Nepal Jesuit Society

I am inspired by the kindness, decency and warmth of the people of Nepal: DeLisi