काठमाडौँ महानगरकाे मतगणना एकसाथ तीन समूहबाट; ३३ स्थानीय तहको नतिजाः कसले कुन ठाउँ जिते ?

Vote-counting-Kathmanduकाठमाडौँ, जेठ २ गते । मतगणना कार्यमा तीव्रता दिन काठमाडौँ महानगरपालिकामा तीन समूह (टोली) बनाई गणना सुरु गरिएको छ ।

सोमबारदेखि सुरु गरिएको मतगणना कार्य अहिले तीन समूहबाट गर्न थालिएको निर्वाचन कार्यालयले जनाएको छ । अहिले महानगरको वडा नं १, २ र ३२ को एकैसाथ मत गणना भइरहेको मुख्य निर्वाचन अधिकृत दिपेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

ढिलाइ भएको गुनासोपछि आयोगले टोली बढाएर छिटो गणनाका लागि निर्देशन पनि दिएको थियो । कुल ३२ वटा वडा रहेको महानगरमा दुई लाख ७९ हजार ३१६ मतदाता छन् ।

मतगणनामा बूढानीलकण्ठले बाजी मा-याे
मतगणना प्रक्रियामा बूढानीलकण्ठ नगरपालिका सबैभन्दा अगाडि देखिएको छ ।

नगर निर्वाचन कार्यालयका अनुसार दिउँसो तीन बजेसम्मको मतगणनाअनुसार पाँच हजार ३१ मत गणना भइसकेको छ ।

यस नगरको वडा नं १२ र १३ को मतगणना सकिएको नगरका प्रमुख निर्वाचन अधिकृत सुरेशप्रसाद नेपालले राससलाई जानकारी दिनुभयो । वडा नं १२ मा नगर प्रमुख पदमा नेकपा (एमाले)का उम्मेदवार उद्धवप्रसाद खरेलले एक हजार ४९१ मत प्राप्त गर्नुभएको छ ।

नेपाली काँग्रेसका उम्मेदवार राजुराज श्रेष्ठले एक हजार १०९ मत प्राप्त गर्नुभएको छ भने नेकपा(माओवादी केन्द्र)का रवीन अधिकारीले ३३१ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी वडा नं १३ मा काँग्रेसले ६४९, एमालेले ९८५, राप्रपाका सानुकान्छा श्रेष्ठले ५८७ मत प्राप्त गर्नुभएको छ । जारी मतगणनाअनुसार वडा नं ११ मा नगर प्रमुखको एक हजार ४९५ मत घणना हुँदा काँग्रेसले ५५०, एमाले ६७० र माओवादी केन्द्रले १७७ मत प्राप्त गरेको छ ।

पछिल्लो मतगणनाअनुसार यस नगरमा नेकपा(एमाले) अगाडि देखिएको छ । त्यसैगरी १२ र १३ नं वडाको अध्यक्षमा एमालेकै उम्मेदवार विजयी भएका छन् ।
३३ स्थानीय तहको नतिजाः कसले कुन ठाउँ जिते ?

आइतबार सम्पन्न भएको ३४ जिल्लाका २ सय ८१ स्थानीय तहको निर्वाचन मध्ये ३३ स्थानीय तहको अन्तिम नतिजा आएको छ । मतगणना सकिएको ३३ स्थानीय तहमा एमालेले अहिलेसम्म १२ स्थानमा जित हात पारेको छ ।
यस्तै, संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले भने अहिलेसम्म १० स्थानमा विजय हासिल गरेको छ । तेस्रो दल नेकपा माओवादी केन्द्र भने स्थानीय तहको चुनावमा पनि तेस्रो स्थानमै रहेको छ ।

हालसम्म माओवादी केन्द्रले ९ स्थानमा विजयी भएको छ । दुई स्थानीय तहमा भने स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

कुल निर्वाचन भएको तहः २ सय ८१
प्राप्त नतिजाः ३३ स्थानीय तह
विजयी नेपाली काँग्रेसः १०
नेकपा एमालेः १२
नेकपा माओवादी केन्द्रः ९
स्वतन्त्रः २

नेपाली काँग्रेसले कुन कुन ठाउँमा जिते ?

नवलपरासीः बुङदीकाली गाउँपालिकाः दुर्गाबहादुर राना
बागलुङः तमानखोला गाउँपालिकाः जोकलाल बुढा
मनाङः नार्फु गाउँपालिकाः मिङ्माछिरीङ लामा (निर्विरोध)
मनाङः नाशोङ गाउँपालिकाः चन्द्र घले
मुस्ताङः थासाङ गाउँपालिकाः उम्मेदवार बुद्धिप्रसाद शेरचन
मुस्ताङः लोमान्थाङ गाउँपालिकाः सुवर्ण विष्ट
मुस्ताङः बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकाः छेन्चोक छेप्तेन गुरुङ
जाजरकोटः कुशे गाउँपालिकाः हरिशचन्द्र बस्नेत
दैलेख– डुंगेश्वर गाउँपालिकाः नगेन्द्रबहादुर मल्ल
जुम्ला– पातारासी गाउँपालिकाः लक्ष्मण बोहरा

एमालेले जितेका उम्मेदवार

डोल्पाः ठूलीभेरी नगरपालिकाः गणेशबहादुर शाही
डोल्पाः शेफोक्सुण्डो गाउँपालिकाः तसी तुन्डुक गुरुङ
डोल्पाः काइके गाउँपालिकाः अंगद राना
मनाङः नेस्याङ गाउँपालिकाः कान्छा घले मनाङ
मनाङः चामे गाउँपालिकाः लोकेन्द्रबहादुर घले
मुस्ताङः घरपझोङ गाउँपालिकाः आशबहादुर गुरूङ
स्याङजा–फेदीखोला गाउँपालिकाः घनश्याम सुवेदी
कास्की– मादी गाउँपालिकाः बेदबहादुर गुरुङ
जाजरकोट– शिवालय गाउँपालिकाः नरेन्द्रकुमार शाही
रसुवा– गोसाइँकुण्ड गाउँपालिकाः कैसाङनुर्पु तामाङ
ललितपुर– महांकाल गाउँपालिकाः रामचन्द्र दाहाल
तनहुँ– देवघाट गाउँपालिकाः दुर्गाबहादुर थापा

माओवादी केन्द्रले जितेको उम्मेदवार

डोल्पा– मुडकेचुला गाउँपालिकाः दत्तबहादुर शाही
डोल्पा– जगदुल्ला गाउँपालिकाः नरसिंह रोकाया
जाजरकोट– शिवालय गाउँपालिकाः लालबहादुर थापा
जुम्ला– गुठिचौर गाउँपालिकाः हरिबहादुर भण्डारी
रुकुम– चौरजहारी नगरपालिकाः विशाल शर्मा
कालिकोट– सान्नि त्रिवेणी गाउँपालिकाः डम्बरबहादुर शाही
हुम्ला– ताजकोट गाउँपालिका बाग्दुल मल्ल
सिन्धुली– मरिण गाउँपालिकाः पाणिराज बम्जन
जुम्ला– हिमा गाउँपालिकाः रजबहादुर शाही
विजयी भएका स्वतन्त्र उम्मेदवार
मुस्ताङ– दालोमे गाउँपालिकाः राजु विष्ट लोप्छाङ गुरुङ
डोल्पा– डोल्पोबुद्ध गाउँपालिकाः पेम्बा गुरुङ

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter