‘गौतम बुद्धको दर्शन नेपाल श्रीलङ्काबीच सम्बन्धका आधार’

President Srilankaकोलोम्बो (श्रीलङ्कका), जेठ २ गते । श्रीलङ्काको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग श्रीलङ्काका पूर्वराष्ट्रपति चन्द्रिका बन्दरानायके कुमारतुङ्गाले कोलम्बोस्थित होटल हिलटनमा आज शिष्टाचार भेट गर्नुभएको छ ।

सो अवसरमा राष्ट्रपति भण्डारीले सगरमाथाको देश नेपाल र ‘पूर्वको मोती’ श्रीलङ्काबीच शताब्दीऔँंदेखि सुमधुर सम्बन्ध रहेको बताउँदै आफ्नो भ्रमणले दुई देशबीचको मित्रता अझै प्रगाढ भई उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले मित्रता र सहयोगको द्विपक्षीय सम्बन्ध सामाजिक, सांस्कृतिक र धार्मिक निकटताबाट अभिप्रेरित रहेको बताउँदै गौतम बुद्धको दर्शन र सन्देश दुई देश र यहाँ जनताका बीच सम्बन्ध स्थापनाका निमित्त आधारका रुपमा रहेको बताउनुभयो ।

उहाँले नेपालमा ठूलो राजनीतिक परिवर्तनपछि बनेको समावेशी संविधानले महिला र पिछडिएका समुदायको अधिकार स्थापित भएको उल्लेख गर्दै यसलाई व्यवहारमा परिणत गर्न सरकार निर्वाचनमार्फत संविधानको कार्यान्वयनमा लागिपरेको बताउनुभएको सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले जानकारी दिनुभयो ।

सो अवसरमा श्रीलङ्काका पूर्वराष्ट्रपति कुमारतुङ्गाले नेपाल र श्रीलङ्काबीच आपसी विश्वास र सद्भावको विकास बढेर गएको बताउँदै नेपालको हित र विकासमा श्रीलङ्का सरकार सदैव साथमा रहने विश्वास व्यक्त गर्नुभयो । रासस

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*
Advertise Section 7

TOP NEWSview all

Even though it’s late, victims will get something from the commission: Subedi

Cecil and Harambe; a lesson for Himalayan Republic

Trip Down under

We want real conversion of our students beyond religion: Fr. Boniface Tigga, Regional Superior of Nepal Jesuit Society

I am inspired by the kindness, decency and warmth of the people of Nepal: DeLisi