प्राधिकरण मातहतका कम्पनीमा दश सञ्चालक तोकिए

NEAकाठमाडौँ, जेठ ४ गते । नेपाल विद्युत प्राधिकरणले आफू मातहत स्थापना भएका विभिन्न दश वटा कम्पनीको सञ्चालक तोकेको छ ।

जलविद्युत आयोजना निर्माण तथा विद्युत व्यापार गर्न स्थापना भएका ती कम्पनीमा सञ्चालक ताकिएको हो ।

प्राधिकरणले आठ वटा जलविद्युत् आयोजनाका लागि छुट्टा– छुट्टै सञ्चालक तोकेको छ भने प्राधिकरणकै मातहत रहने गरी स्थापना भएको जलविद्युत कम्पनी, नेपाल इन्जिनियरिङ परामर्श तथा नेपाल पावर ट्रेडिङ कम्पनीका सञ्चालक तोकिएको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिनुभयो ।

उहाँले प्राधिकरणमा नै कार्यरत उच्च तहका कर्मचारीलाई पहिलो चरणमा सञ्चालक तोकिएको र सञ्चालक समितिले पूर्णता पाएपछि प्रमुख कार्यकारी अधिकृत नियुक्तिको प्रक्रिया अगाडि बढ्ने बताउनुभयो ।

ती सबै कम्पनीका अध्यक्षमा भने कार्यकारी निर्देशक कुलमान घिसिङ अध्यक्ष तथा संयोजक, जलविद्युत लगानी तथा विकास कम्पनी र विद्युत उत्पादन कम्पनीबाट १ र १ जना प्रतिनिधि रहने व्यवस्था छ ।

प्राधिकरणका अनुसार तामाकोसी पाँचौंको सञ्चालक समिति सदस्यमा प्राधिकरणका निर्देशकद्वय मनोज सिलवाल र ज्ञानेन्द्रमान जोशी, दुधकोसीमा कामु उपकार्यकारी निर्देशकद्वय मोहनरत्न शाक्य र काशेन्द्र यादवलाई तोकिएको छ ।

पावर ट्रेडिङमा प्रवक्ता अधिकारी र जगदिश्वरमान श्रेष्ठ तथा इन्जिनियरिङ कम्पनीमा मोहनरत्न शाक्य र हितेन्द्रदेव शाक्यलाई तोकिएको छ ।

जलविद्युत उत्पादन र जलविद्युत लगानी कम्पनीबाट प्रतिनिधि आएपछि सञ्चालक समिति पूर्ण हुने छ । आयोजना निर्माण गर्न गठित कम्पनीमा ३÷३ जना तथा इन्जिनियरिङ र पावर ट्रेडिङमा ५÷५ जनाको सञ्चालक समिति हुनेछ । कम्पनी ढाँचामा माथिल्लो अरुण ३३५ मेगावाट, राहुघाट ४० मेगावाट, तामाकोसी पाँचौ ८७ मेगावाट, उत्तरगंगा ३०० मेगावाट, दूधकोसी ३०० मेगावाट, आँधीखोला १८० मेगावाट, तमोर ६६२ मेगावाट क्षमताका आयोजना अगाडि बढाउन लागिएको छ ।

ती आयोजनाको क्षमता करिब २ हजार मेगावाट रहेको छ । सञ्चालक समितिको बैठक बसेर प्रमुख कार्यकारी अधिकृत तोकिने प्राधिकरणले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter