‘कृषिमा पसिना बगाए विदेश जानु पर्दैन’

Vegetable farming Nepalअविनाश चौधरी / धनगढी, जेठ ४ गते । पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने युवापुस्तामा रहेको भ्रमलाई कैलालीका एक २२ वर्षीय युवकले चिर्नुभएको छ । व्यावसायिक तरकारी खेतीमा सक्रिय कैलारी गाउँपालिका–६, बेनौलीका सञ्जीव चौधरीले परिश्रम गरेमा स्वदेश मनग्य आम्दानी गर्न सकिने उदाहरण बनेर देखाउनुभएको हो । उहाँले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा १३ कट्ठा जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गरिरहनुभएको छ ।

सीप सिकेर त्यसलाई सदुपयोग गर्न जानेमा पैसा कमाउन विदेशै धाउनुपर्ने बाध्यता नरहने चौधरीले बताउनुभयो । युवा जाँगरलाई कृषिमा सदुपयोग गरिरहनुभएका उहाँले लगनशील भएर काम गरेमा कृषि पेसाबाट पनि धेरै नै आम्दानी गर्नसकिने धारणा व्यक्त गर्नुभयो । ‘सीप सिकेर धेरै युवा पैसा कमाउनका लागि विदेश धाउँछन्’, चौधरीले भन्नुभयो, तर, म कृषिसम्बन्धी ज्ञान हासिल गरेर गाउँतिरै फर्के । किनभने, मिहिनेत गरेमा कृषि पेसाबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ । सञ्जीवले काठमाडौँमा दुई वर्ष काम गरेर तरकारी खेतीको सीप हासिल गर्नुभएको हो । उहाँले फर्पिङमा रहेको एन एग्रो र थानकोटको बीआईओ एग्रोमा व्यावसायिक तरकारी खेतीबारे अनुभव बटुल्नुभएको थियो ।

काठमाडौँमा सिकेको सीपलाई उहाँले अचेल धनगढीको माटोमा प्रयोग गरिरहनुभएको छ । जग्गा भाडामा लिएर हालसालैबाट व्यावसायिक खेतीमा सक्रिय उहाँले यहाँ पहिलोपटक काँक्रो फलाउनुभएको छ । यो सिजनमा हालसम्म २६ क्विन्टल काँक्रो बिक्री गरेको सुनाउँदै चौधरीले एक वर्षको जग्गा भाडा खर्च काँक्रो खेतीबाटै जुटिसकेको उल्लेख गर्नुभयो । ‘मैले प्रतिकेजी १५ रुपियाँमा काँक्रो बिक्री गर्दा पनि एक वर्षको लागि जग्गा भाडा खर्च जोड्न सफल भएको छु’, उहाँले भन्नुभयो ।
बेमौसमी तरकारी खेतीका लागि समेत आफूले तयारी गरिरहेको चर्चा गर्दै सञ्जीवले भन्नुभयो, बेमौसमी तरकारी खेतीको लागि पनि तयारी गरिरहेको छ, किनभने यस्तो खेतीबाट बढी फाइदा हुन्छ ।

सञ्जीवले प्रतिकट्ठा वार्षिक तीन हजार रुपियाँ भाडा तिर्ने गरी जग्गा लिजमा लिनुभएको हो । चार वर्षका लागि सम्झौता गरेको जानकारी दिँदै उहाँले भन्नुभयो, अहिले आर्थिक समस्या भएकाले तत्काललाई धेरै जग्गामा खेती गर्न सकेन तर, आम्दानी हुँदै गएअनुसार विस्तार गर्दै जाने योजनामा छु ।

व्यावसायिक तरकारी खेतीमा चौधरीको सुरुआती लगानी एक लाख रुपियाँ रहेको छ । धनगढीमा स्थानीय उत्पादनलाई खपत गर्न अझै चुनौती रहेकाले सुरुमा सानो लगानीबाट तरकारी खेती सुरु गरेको उहाँले बताउनुभयो । अहिले चौधरीका घरपरिवार तरकारी खेतीमै रमाइरहेका छन् । परिवारका छजना सदस्य तरकारी खेतीमै व्यस्त रहेको उहाँको भनाइ छ । साधारण साक्षर चौधरीको मनमा विदेश गएर धेरै पैसा कमाउँछु भन्ने सोचाइ कहिल्यै आएन । सीप सिकेर सही ठाउँमा सदुपयोग गरे विदेशकै तुलनामा यतै पैसा कमाउन सक्ने आत्मविश्वास उहाँको रहेको छ ।

‘पैसा कमाउनका लागि विदेशै जानुपर्छ भन्ने सोचाइ म राख्दैन’, उहाँले अगाडि थप्नुभयो, परिश्रम ग¥यो भने कृषि व्यवसायबाटै पनि सोंचेअनुरुप आम्दानी गर्नसकिन्छ । यही आत्मविश्वासका साथ म तरकारी खेतीमा सक्रिय भएको छु ।

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter