३४ जिल्‍लाको मत परिणाम: कांग्रेस, एमालेको शतक, माओवादीको ४५

Chief Election Commissionerकाठमाडौं: पहिलो चरणको स्थानीय तह निर्वाचनमा प्रमुख दल नेपाली काँग्रेस र एमालेले सय बढी स्थानीय तहमा विजयी भएका छन्। तीन प्रदेशका ३४ जिल्लाका २५९ स्थानीय तहमा मतपरिणाम सार्वजनिक भइसकेको छ।

नेकपा एमाले १ सय ६, कांग्रेस सय र माओवादी ४६ स्थानमा विजयी भएको छ। एमालेले प्रदेश नं ६ मा ९ नगरपालिका र १२ गाउँपालिकासहित २१ स्थानीय तहमा जितेको छ । काँग्रेसले एमालेलाई पछ्याउँदै प्रदेश ६मा ७ नगरपालिका र १३ गाउँपालिकासहित २० स्थानीय तहमा विजय भएको। यस्तै प्रदेश नम्बर ६ मा माओवादीको १६ ठाउँमा विजय हाँसिल गरेको छ भने दुई स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

प्रदेश नम्बर ४ मा एमाले ९ नगरपालिका र २२ गाउँपालिकासहित ३१, नेपाली काँग्रेसले १३ नगरपालिका र २५ गाउँपालिकासहित ३८, माओवादी ५ गाउँपालिका, स्वतन्त्र १ गाउँपालिका र राष्ट्रिय जनमोर्चाका एक जना उम्मेदवार गाउँपालिकामा विजयी भएका छन्।

प्रदेश नं ३ मा एमालेले ४८ स्थानीय तहमा जितेको छ भने कांग्रेसले ३२ स्थानीय तहमा विजयी भएको छ। नेकपा माओवादीले १६ स्थानमा मात्र जित निकालेको छ। हेटौडा उपमहानगरपालिका र चार महानगरपालिका (काठमाडौं, ललितपुर, भरतपुर र पोखराको लेखनाथ)सहित केही स्थानको मतपरिणाम आउन बाँकी छ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter