आखेटोपहार सोमबार नष्ट गरिने

government logoचितवन, जेठ ७ गते । झन्डै २० वर्षयता सङ्कलित वन्यजन्तुका आखेटोपहार सोमबार चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा नष्ट गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, विभिन्न मन्त्रालयका मन्त्री, राज्यमन्त्री, सचिव, विभागीय प्रमुख, राष्ट्रिय योजना आयोजका सदस्य, दातृ निकायका प्रतिनिधि, पत्रकार, मध्यवर्तीका प्रतिनिधिलगायतको उपस्थितिमा अखेटोपहार नष्ट गर्न लागिएको हो ।

विसं २०५४ यता देशभरका राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, जिल्ला वन कार्यालयलगायतमा सङ्कलित आखेटोपहारलाई निकुञ्जको कार्यालय कसरा र सशस्त्र वन रक्षक तालिम केन्द्र टिकौलीमा भण्डारण गरिँदै आएको थियो ।

लामो समयसम्म भण्डारण गर्दा व्यवस्थापन र सुरक्षा चुनौती बन्दै गएपछि आखेटोपहारको महत्व छैन भन्ने सन्देश दिन विशेष कार्यक्रम गरेर नष्ट गर्न लागिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताउनुभयो । यसले चोरी सिकारलाई निरुत्साहन गर्नका लागि मद्दत मिल्ने बताइएको छ ।

यसअघि वन मन्त्रालयले नष्ट गर्नका लागि प्रक्रियागत रुपमा काम अघि बढाएको थियो । पटक पटक व्यवस्थापिका–संसद्, वातावरण संरक्षण समितिलगायत सरोकार भएका निकायले यसको अनुगमनसमेत गरेका थिए ।

नष्ट गर्ने आखेटोपहारको नमुना सङ्कलन गरेर राखिएको छ, जसलाई आउँदा वर्षमा अनुसन्धान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । हाल सङ्कलित आखेटोपहारमध्ये अनुसन्धानका लागि केही नमुना राखिने र अन्य नष्ट गरिने कँडेलले बताउनुभयो ।

लामो समयदेखि जम्मा भएका दुर्लभ वन्यजन्तु एक सिङ्गे गैँडाको खाग, पाटे बाघको छाला, जङ्गली हात्तीका दाह्रालगायत जीवजन्तुका अङ्ग नष्ट गरिंँदैछ । जीवजन्तु मरेमा या मारिएमा उनीहरुका हाड, छाला झिकेर सुरक्षित राख्ने प्रचलन छ । त्यस्तै तस्करबाट बरामद भएका अङ्ग पनि सङ्कलन हुने गरेका छन् ।

सरकारले टिकौलीमा २०५४ सालमा केही आखेटोपहार जलाएर नष्ट गरेको थियो । त्यसपछि जम्मा भएका अङ्ग सुरक्षित भण्डारण गरिएको छ । दुवै ठाउँमा गैंँडाका ३६९ खाग, पाटे बाघका ६९ थान र चितुवाका ४९३ छाला, जङ्गली हात्तीका १८५ दाह्रा, कस्तुरी मृगका ३६ थान बिनालगायत वस्तु सङ्कलन गरिएको छ । अन्य महत्वपूर्ण वन्यजन्तुको आखेटोपहार पनि भण्डारण गरिएको छ जसमा विभिन्न जनावरका १११ थरिका अङ्ग छन् ।

चितवनमा बाघ, गैँंडा, चितुवा, भालु, मृगलगायत सात प्रकारका जनावर र माछा प्रजातिको आखेटोपहार सङ्कलन हुने गरेको छ । जनावरको आखेटोपहार व्यवस्थापनका लागि सरकारले कार्यविधि नै बनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter