निर्वाचन आयोगलाई धन्यवाद; मतदाता शिक्षाका लागि स्वयंसेवक घरदैलोमा

Vote-counting-Kathmanduकाठमाडौँ, जेठ ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोग र निर्वाचनमा संलग्न सम्पूर्ण व्यक्तिलाई धन्यवाद दिनुभएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव तथा आयुक्त नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह र आयोगका सचिव गोपीनाथ मैनालीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा आफूसँग गर्नुभएको भेटमा प्रधानमन्त्री दाहालले धन्यवाद व्यक्त गर्नुभएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।

उक्त अवसरमा यही जेठ ३१ गतेको दोस्रो चरणको निर्वाचनका लागि आयोगले गरिरहेको तयारीका बारेमा प्रधानमन्त्री दाहाललाई जानकारी गराइएको थियो । भेटमा वैशाख ३१ गते पहिलो चरणमा सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षासमेत भएको थियो । डा यादवले निर्वाचनलाई शान्तिपूर्ण र मर्यादित तवरले सञ्चालन गर्न सरकारबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्नुभएको थियो । रासस

मतदाता शिक्षाका लागि स्वयंसेवक घरदैलोमा
दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पुनः कञ्चनपुरमा मतदाता शिक्षाका लागि स्वयंसेवक र मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिएका छन् ।

जिल्ला निर्वाचन कार्यालय, कञ्चनपुरका अनुसार तालिम प्राप्त गरेका २८७ जना स्वयंसेवक र मतदाता शिक्षा कार्यकर्तालाई मतदाता शिक्षा सामग्रीसहित मतदाताको घरदैलोमा पठाइएको छ ।

“सात नगरपालिका र दुई गाउँपालिकाका ९२ वटा वडाका मतदातालाई मतदाता शिक्षा प्रदान गर्न स्वयंसेवक र मतदाता शिक्षा कार्यकर्तालाई घरदैलोमा पठाएका छौँ” – जिल्ला निर्वाचन कार्यालय, कञ्चनपुरका प्रमुख केशवसिंह भण्डारीले भन्नुभयो ।

मतदाता शिक्षाका लागि परिचालितहरुलाई निर्वाचनबारे जानकारी दिनका लागि हातेपुस्तिका, स्रोतपुस्तिका, पर्चा पम्प्लेट र नमुना मतपत्रसहित सम्बन्धित गाउँपालिका र नगरपालिकामा खटाइएको उहाँले बताउनुभयो ।

सम्बन्धित मतदान केन्द्र, मतदानस्थल र घरदैलोमा पुगेर परिचालितहरुले मतदाता शिक्षा प्रदान गरिरहेका छन् ।

वडा वडामा राखिएका १३२ मतदानस्थलमा मतदाता शिक्षाका लागि जिल्ला समन्वय समिति, गाउँपालिका र नगरपालिकामा रहेका सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयंसेविका र पूर्व प्राथमिक विद्यालयका शिक्षकलाई स्वयंसेवक र मतदान शिक्षा कार्यकर्ताका रुपमा निर्वाचन कार्यालयले तीनदिने तालिम प्रदान गरी सामग्रीसहित खटाएको हो ।

मतदाता शिक्षा कार्यकर्ता र स्वयंसेवकले मतदातालाई मतपत्रमा चिह्न लगाउने, मतपत्र पट्याउने, मतपेटिकामा राख्ने, मतदानस्थलमा प्रवेश गर्नुअघि र पछि पालन गर्नुपर्ने नियम र तरिकाबारे मतदातालाई जानकारी दिने छन् ।

बदर मतको प्रतिशतमा कमी ल्याउनका लागि परिचालित स्वयंसेवकलाई मतदातालाई सचेत गराउनमा बढी जोड दिइएको अधिकृत भण्डारीको भनाइ रहेको छ ।

यसैगरी, निर्वाचनका लागि निर्वाचन कार्यालयले यहाँ दुई हजार ५०० बढी कर्मचारीलाई मतदान केन्द्र र मतदानस्थलमा खटाउने तयारी गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको र निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागिसमेत कार्य अगाडि बढाइएको अधिकृत भण्डारीले बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter