बयालिस स्थानीय तहको मत परिणाम औपचारिक रुपमा आउन बाँकी;  निर्वाचन नतिजा अपेक्षाकृतः माओवादी केन्द्र

 

Vote-counting-Kathmanduकाठमाडौ: गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट १० हजार ६४० प्रतिनिधि निर्वाचित भएका छन्।

संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारीअनुसार आज साँझ ५ बजेसम्ममा २८३ स्थानीय तहमध्ये २४१ स्थानीय तहको मतगणना समाप्त भई उम्मेदवारको विवरण प्राप्त भएको निर्वाचन आयोगले औपचारिक रुपमा आज जानकारी गराएको छ । अझै ४२ स्थानीय तहको मतदानको पूर्ण विवरण प्राप्त हुन बाँकी नै छ।

पछिल्लो विवरणअनुसार नगरप्रमुख वा अध्यक्ष २४१, उपाध्यक्ष÷उपप्रमुख २४१, वडाध्यक्ष दुई हजार ६६, वडा सदस्य चार हजार ८८, महिला सदस्य दुई हजार ४३ र दलित महिला सदस्य एक हजार ९६१ निर्वाचित भइसकेका छन्। पहिलो चरणको निर्वाचनका लागि सबै मतदान केन्द्रमा मतदान सम्पन्न भइसकेको छ।

निर्वाचन नतिजा अपेक्षाकृतः माओवादी केन्द्र

माओवादी केन्द्रले निर्वाचन नतिजा अपेक्षाअनुसार नै आएको निष्कर्ष निकालेको छ । पार्टी हेडक्वार्टरको बैठकले पहिलो चरणको स्थानीय तह निर्वाचनमा पार्टीले प्राप्त गरेको नतिजा अपेक्षाकृत नै भएको निष्कर्ष निकालेको हो ।

पार्टी एकता भए पनि संगठन व्यवस्थित बन्न नसकेको र अस्तव्यस्तताका बीच निर्वाचनमा होमिए तापनि जनमत अपेक्षाकृत नै भएको बैठकले निष्कर्ष निकालेको हो ।

बैठकमा पहिलो चरणको निर्वाचन सम्पन्न भएका २८३ स्थानीय तहमध्ये ४६ स्थानमा विजय हासिल गरिएको र ५० भन्दा बढी तहमा पाँच सय भन्दा कम मतान्तरले पराजित भएको समीक्षा भएको छ । ती ठाउँहरुमा आगामी प्रदेश र संघको निर्वाचनमा पार्टीले विजय हासिल गर्ने आधार भएको निष्कर्ष निकालिएको छ ।

बैठकले संख्याका दृष्टिले दलहरुले प्राप्त गरेको सिट संख्या फरक देखिए पनि जनमतका दृष्टिले माओवादी कमजोर नभएको निष्कर्ष निकालेको छ । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डले सिंहदरबारमा केन्द्रित अधिकारलाई जनताको घरआँगनमा लैजानु र स्थानीय तहलाई बलियो बनाउन निर्वाचन सम्पन्न गर्नु नै माओवादीको जीत भएको बताए ।

बैठकले पहिलो चरणको निर्वाचनमा देखिएका सीमाहरुको समीक्षा गर्दै दोस्रो चरणको निर्वाचनमा थप विजय हासिल गर्न आवश्यक रणनीति तय गर्ने निर्णय पनि गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter