‘हिलारी स्टेप भत्किएको छैन ’

Moun Everestसोलुखुम्बु, जेठ १२ गते । सगरमाथाको– आठ हजार मिटरमाथि रहेको ‘हिलारी स्टेप’ भत्किएको भन्ने खबर केही दिनदेखि विभिन्न सञ्चारमाध्ययममा आइरहेकामा सो कुरा सत्य नभएको सगरमाथाका पथ–प्रदर्शक पासाङ तेन्जिङ शेर्पाको दाबी छ ।

शेर्पासहित आरोहण गरेर फर्किएका दुई नेपाली आरोही र एक पर्वतारोहण अधिकारीले सगरमाथाको चुचुरो नजिकै रहेको हिलारी स्टेप पहिलेकै अवस्थामा रहेको बताएका हुन् ।

बाटो बनाउने काममासमेत संलग्न पथ–प्रदर्शक शेर्पाले भन्नुभयो “यसपटक हामीले हिलरी स्टेपभन्दा छेउतिरको डिलैडिलमा बाटो बनाएका छौँ । त्यसैले हिलरी स्टेप नदेखिएर ती आरोहीलाई भ्रम परेको हुनसक्छ । हिलरी स्टेप जहाँ थियो र जस्तो थियो, त्यस्तै छ ।” सगरमाथा आरोहण गरी फर्किएका अर्का पर्वतारोही लीला बस्नेतले हिलरी स्टेप हिउँले छोपिएको अवस्थामा रहेको बताउनुभयो ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले पनि हिलरी स्टेप नरहेको भन्ने खबर सत्य नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “भूकम्पका कारण हिलरी स्टेपमा कुनै असर परेको छैन । हिउँले गर्दा हिलरी स्टेपको सानो भाग मात्रै देखिन्छ, बाँकी भाग हिउँले छोपिएको अवस्थामा छ ।” हिमपहिरो र भूकम्पका कारण सन् २०१४ र २०१५ आरोहण हुन नसकेपछि सन् २०१६ मा आरोहण खुलाउन केही रुट परिवर्तन गरिएका थिए । त्यस क्रममा‘हिलारी स्टेप’नाम दिइएको चट्टानबाट नभइ त्यही चट्टानको दाहिनेतिरबाट बाटो खुलाइएको थियो । यसपटक पनि गत वर्षकै बाटोलाई निरन्तरता दिइएको छ ।

करिब ८,००५ मिटर नजिक साउथ समिट आसपासका क्षेत्रलाई हिलरी स्टेपको नामले चिनिन्छ । पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका दुई आरोहीमध्येका एक सर एडमण्ड हिलरीको नाममा उक्त भागको नाम हिलरी स्टेप राखिएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter