सक्कली मतपत्र देखाएरै मतदाता शिक्षा

Ballot Paperकाठमाडौँ जेठ १३ गते । निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदाता शिक्षालाई अझै प्रभावकारी र घनिभूत तुल्याउने भएको छ ।

पहिलो चरणको स्थानीय तहको निर्वाचनको अनुभवका आधारमा आयोगले दोस्रो निर्वाचनमा नमुना मतपत्रबाट मतदान गर्न सिकाउनुका साथै मतदाता केन्द्रहरुमा सक्कली मतपत्रका आधारमा मतदान चिह्नका बारेमा जानकारी दिने व्यवस्था समेत गरिने आयोगका सहसचिव नवराज ढकालले जानकारी दिनुभयो ।

मुलुकका चार प्रदेशका ४३ जिल्लाका ४६१ स्थानीय तहमा यही जेठ ३१ गते बुधवार स्थानीय तहको दोस्रो चरणको निर्वाचन हँुदैछ ।

निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनलाई लक्षित गरेर मुलुकका ११ हजार ९३१ मतदान केन्द्रमा नमुना मतपत्रको आधारमा नमुना मतदानका अतिरिक्त मतदानमा सहभागी हुन प्रेरित गर्ने सडक नाटक समेत सञ्चालन गर्ने जनाएको छ ।

आयोगले प्रत्येक मतदान केन्द्रमा कम्तीमा एकजना सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयंसेविका र शिक्षक शिक्षिकालाई मतदाता शिक्षा कार्यकर्ताका रुपमा खटाएको छ ।

निर्वाचनमा सदर मत प्रतिशत बढाउन तथा बदर मत सङ्ख्या घटाउन आयोगले सञ्चारमाध्यममार्फत मतदाता शिक्षालाई घनिभूत बनाउनुका साथै राजनीतिक दल र अन्य सरोकार पक्षलाई समेत मतदाता शिक्षामा जोड दिन आग्रह गरेको छ ।

दोस्रो चरणको निर्वाचनमा आयोगले अवधी, भोजपुरी, लिम्बुजस्ता स्थानीय भाषामा निर्वाचन कार्यक्रम सञ्चालन गर्नुका साथै महिला, दलित र अल्पसंख्यक समुदायलाई लक्षित गरेर पनि मतदाता शिक्षा अघि बढाइने जनाएको छ ।

मतदाता परिचयपत्र वितरणका क्रममा मतदाता शिक्षा दिने कार्यको अनुगमन गर्ने व्यवस्था समेत मिलाइएको जानकारी आयोगले दिएको छ ।

दोस्रो चरणको निर्वाचनका लागि यही जेठ २८, २९ र ३० गते सम्वन्धित मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण गरिने र मतदाता परिचयपत्र लिनका लागि मतदाताले नागरिकता वा अन्य परिचयपत्र लिएर सम्बन्धित मतदान केन्द्रमा जानुपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ ।
स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निर्भय तुल्याउन आयोगले विभिन्न तहमा अनुगमनका साथै सूक्ष्म अनुगमनकर्ताहरु समेत परिचालन गर्ने जनाएको छ ।

पहिलो चरणको निर्वाचनमा सुक्ष्म अनुगमनकर्ताको भूमिका प्रभावकारी देखिएको निष्कर्षसहित आयोगले आवश्यकताअनुरुप रणनीतिक स्थानमा उनीहरुलाई खटाइने सहसचिव ढकालले जानकारी दिनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter