काठमाडौं महानगरको निर्णयः सूर्योदय अगावै फोहोर विर्सजन, सार्वजनिक स्थलमा फ्री वाईफाई

KMC-local-body-representativesकाठमाडौं, जेठ १७ काठमाडौं महानगरपालिकाको पहिलो नगरकार्यपालिकाको बैठकले सूर्योदय अगावै महानगरको फोहोर विर्सजन गर्ने निर्णय गरेको छ ।

मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीले पदभार सम्हालेपछि नगरकार्यपालिकाको बैठक बसेको थियो । बैठकले ११ बुँदे निर्णय गरेको छ, जसमा क्लिन सिटी अभियान चलाउने मेयरको पहिलो निर्णय पनि समावेश छ ।

साथै नेपालीसँगै नेपाल भाषालाई महानगरको सरकारी कामकाजको भाषा बनाउने निर्णय पनि अनुमोदन भएको छ । ‘नेपाल भाषाका विज्ञ दोभाषेका व्यवस्था मिलाई सेवाग्राहीलाई सहज सेवा पुर्‍याउने प्रवन्ध गरिनेछ’ निर्णयमा भनिएको छ ।

रञ्जना लिपीलाई महानगरको सबै कार्यालयको बोर्ड र लेटरप्यार्डमा प्रयोग गर्ने निर्णय पनि नगरकार्यपालिकाले गरेको छ ।

बारदरबारस्थित महानगरको भवन निर्माण तत्काल थाल्ने र वडा कार्यादय निर्माणलाई प्राथमिकता दिने निर्णय भएको छ । हालका अधिकांश वडा कार्यादयको भवन कार्यालय सञ्चालनका लागि अपर्याप्त भएको बैठकको ठहर छ ।

बैठकले महानगरको घर तथा टोलबाट उत्सर्जन हुने फोहोरलाई सूर्योदय अगावै विर्सजन र व्यवस्थापन गर्ने निर्णय गरेको छ । ८० वर्ष उमेर पुगेका पुरुष र ७५ वर्ष उमेर पुरा भएका महिलालाई महानगरको तर्फबाट बाषिर्क १२ हजार महानगर भक्ता दिने र घरमै चिकित्सक पठाएर स्वास्थ्य परीक्षण थालनी गर्ने अर्को निर्णय छ ।

भूकम्पबाट भत्किएका निजी आवास बनाउन निःशुल्क परामर्श सेवा दिने र भवन निर्माण इजाजत दस्तुरमा शतप्रतिशत छुट दिने निर्णय भएको छ ।

महानगरका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय क्षेत्रका साथै महत्वपूर्ण सार्वजनिक स्थल र पार्कमा फि्र वाइफाइको व्यवस्था गर्ने निर्णय पनि भएको छ । महानगरका सबै वडा तथा विभागबाट प्रवाह हुने सेवालाई छिटो, प्रभावकारी र पारदर्शी बनाउँदै जवाफदेही र असल शासनको अभ्यास गर्ने अर्को निर्णय छ ।

सार्वजनिक शौचालयहरु निर्माण थाल्नुका साथै महानगरलाई २४ सै घन्टा खुल्ने जीवन्त शहरको रुपमा विकास गर्न आवश्यक पूर्वाधार विकास एवं निर्माण कार्य थालनी गर्ने पनि पहिलो नगरकार्यपालिकाको बैठकको निर्णय छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter