निगमको बोइङ मर्मत गर्न सिङ्गापुर लगिँदै

NACकाठमाडौँ, असार १९ गते । अन्तर्राष्ट्रिय उडान भर्दै आएका नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का एक मात्र बोइङ कलसाइन ९ एनएसिबी मर्मत गर्न सिङ्गापुर लगिने भएको छ ।
एक साता बढीदेखि ग्राउन्डेड रहेका उक्त बोइङको मर्मत गर्न करिब ४५ देखि ६० दिन लाग्न सक्ने निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार यकिन मिति तय नभए पनि आगामी असार ३० र ३१ गतेका दिन बोइङ सिङ्गापुर लगिनेछ ।

उक्त बोइङको सट्टामा निगमले भुटानबाट लिजमा विमान ल्याउने तयारी गरेको छ । भुटान एयरलाइन्सको विमान भाडामा ल्याएर सेवा दिने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

निगमले एक बोइङ र दुई एयरबसबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएकोमा पछिल्लो केही दिनयता एक मात्र बोइङ ग्राउन्डेड भएको थियो । नेपालमै मर्मत गरे पनि नबनेपछि थप मर्मतका लागि उक्त बोइङलाई सिङ्गापुर लगिने भएको हो ।

निगमले अर्को पुरानो बी७५७–२०० ९ एन–एसिए विमान बिक्रीका लागि पटक–पटक ‘ग्लोबल टेन्डर’ आह्वान गरिसकेको छ । निगमले हाल आठ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter