स्थानीय तहका अधिकारबारे जनप्रतिनिधिलाई अभिमुखीकरण

KMC-local-body-representativesकाठमाडौँ, असार २१ गते। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले दोस्रो चरणको स्थानीय तहको निर्वाचनको परिणामलगत्तै आगामी साउन दोस्रो हप्ता उपमहानगर, नगर तथा गाउँपालिकाका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्षलाई स्थानीय विकाससम्बन्धी अभिमुखीकरण तालिम दिने भएको छ ।

प्रदेश नं १, ५ र ७ अन्तर्गत उपमहानगरदेखि गाउँपालिकासम्म ३३४ स्थानीय तहका ६६८ जनप्रतिनिधिलाई सहभागी गराइने उक्त तालिममा सङ्घीय संरचनाअनुसार स्थानीय तहका अधिकारका बारे जानकारी दिइने छ ।

विभिन्न क्षेत्र तथा वर्गबाट आएका जनप्रतिनिधिले परिवर्तित अवस्थामा आ–आफ्ना अधिकार तथा कर्तव्यका जानकारी लिएपछि उनीहरुले विधिसम्मत तरिकाबाट कार्य गर्न सक्ने विश्वास मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले व्यक्त गर्नुभयो ।

स्थानीय तह, प्रदेश र केन्द्रबीच गर्नुपर्ने समन्वय तथा अधिकार बाँडफाँडका विषयमा पनि उनीलाई जानकारी दिइने छ । स्थानीय विकासका विशेषज्ञ तथा योजनाविद्, अर्थविद्, राष्ट्रिय योजना आयोगका पूर्व पदाधिकारीलगायतले जनप्रतिनिधिलाई प्रशिक्षण दिने बताइएको छ ।

सिंहदरबारको अधिकार स्थानीय तहमा आएको अनुभूति जनप्रतिनिधिलाई गराउन सकिए स्थानीय तहमा पूर्वाधार निर्माण तथा सामाजिक रुपान्तरणको काम सहज रुपमा अघि बढाउन सकिने मन्त्रालयका सहसचिव केदारनाथ शर्माले बताउनुभयो ।

निर्वाचनको मतपरिणामपछि फरक फरक प्रदेशमा चरणबद्ध रुपमा जनप्रतिनिधिलाई यो तालिम दिइने मन्त्रालयले जनाएको छ । तालिम तीन दिनसम्म चल्नेछ ।

मन्त्रालयको योजना महाशाखाका उपसचिव चिरञ्जीवी तिम्सिनाका अनुसार यही असार २५ गतेभित्र नगर तथा गाउँसभा बस्नुपर्ने, असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने र आगामी साउन १ गतेदेखि कार्यान्वयनमा लानुपर्ने व्यवस्था छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter