“प्रशासनिक प्रक्रिया तथा बजार विश्लेषण तालीम”

government logoवीरगञ्ज, असार २७ गते । आयात निर्यात प्रक्रिया तथा प्रशासनिक ज्ञानको अभावमा नेपाली उद्योग, व्यापार, व्यवसाय सङ्कुचित हुँदै गइरहेकोमा उद्योगी व्यवसायीले जोड दिएका छन् ।

विश्व बजारमा आयात निर्यात गर्दा पाउने छुट सुविधाबारे जानकारी गराउने उद्देश्यले यहाँ आयोजित “प्रशासनिक प्रक्रिया तथा बजार विश्लेषण” बिषयक तालीमको समापनका अवसरमा उनीहरुले सो कुरामा जोड दिएका छन् ।

सो अवसरमा सङ्घका पूर्वअध्यक्ष प्रदीपकुमार केडियाले तालीमले आयात निर्यात प्रवद्र्धनका क्षेत्रमा थप सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका निर्देशक सुरेन्द्रनाथ गंगोलले तालीमबाट प्राप्त ज्ञानको आधारमा आफ्नो उत्पादन प्रतिस्पर्धी मूल्यमा बेच्न र सस्तो एवम् कम लागतमा गुणस्तरीय वस्तु आयात गर्न बजार विश्लेषण गर्न सजिलो हुने बताउनुभयो ।

प्रशिक्षार्थीकातर्फबाट पन्नालाल साह र प्रेमसागर पण्डितले तालीमबाट सिकेका कुराले आ–आफ्ना व्यापार, व्यवसाय प्रबद्र्धनमा थप सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा तालीमका सहभागीलाई प्रमाण पत्र पनि प्रदान गरिएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द काठमाडौँ र वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा संयुक्त रुपमा आयोजित उक्त तीन दिने तालीममा बारा र पर्सा जिल्लाका उद्योगी, व्यवसायी, आयात–निर्यातकर्ता गरी २५ जनाको सहभागिता थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter