महाअभियोगको प्रस्तावविरुद्धको रिट संवैधानिक इजलाशमा

Supreme Courtकाठमाडौँ, असार २९ गते । सर्वोच्च अदालतमा तत्कालीन प्रधानन्यायाधीश सुशीला काकीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता गरिएको महाअभियोगको प्रस्तावविरुद्ध परेको रिट निवेदनको सुनुवाइ संवैधानिक इजलाशमा हुने भएको छ ।

कामु प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश प्रकाशमान सिंह राउतको संयुक्त इजलाशले आज संवैधानिक इजलाशमा पठाउने निर्णय गरेको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो ।

सो महाअभियोगको प्रस्तावविरुद्ध अधिवक्ता सुनिलरञ्जन सिंहले रिट निवेदन दायर गर्नुभएको थियो । रासस

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*
Advertise Section 7

TOP NEWSview all

Cecil and Harambe; a lesson for Himalayan Republic

Trip Down under

We want real conversion of our students beyond religion: Fr. Boniface Tigga, Regional Superior of Nepal Jesuit Society

I am inspired by the kindness, decency and warmth of the people of Nepal: DeLisi

Nepal makes scant progress in rebuilding 2 years after quake