विवादमै सकिने भो ‘टान’को दुईवर्षे कार्यकाल

TAANकाठमाडौँ, असार ३१ गते । ट्रेकिङ व्यवसायीको छाता सङ्घठन ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल ‘टान’ को आर्थिक विषयलाई लिएर लामो समयदेखिको विवाद अझै सुल्झिएको छैन ।

आर्थिक स्रोत परिचालन सम्बन्धमा टानका पदाधिकारीबीच चुलिएको विवादले समग्र टानको प्रशासनिकदेखि प्रवद्र्धनात्मक कार्यलाई असर पुगेको छ । टान नेतृत्व र कोषाध्यक्षबीच बँैंक खाताको विषयमा जुहारी चल्दै आएको छ ।

कोषाध्यक्ष लीलाबल्लभ दाहाल ‘काका’ ले टानको आर्थिक स्रोत परिचालन गर्दा टान अध्यक्ष वा महासचिव र कोषाध्यक्षको अनिवार्य हस्ताक्षर चाहिने विधानत्ः व्यवस्था भए पनि टान अध्यक्ष चन्द्र रिजाल र महासचिवले आफ्नो हस्ताक्षर दुरुपयोग गरेको आरोप लगाउनुभएको छ ।

उक्त व्यवस्था विपरित सह–कोषाध्यक्षको हस्ताक्षर चलाउन सकिने सहमति भएको भन्दै अध्यक्ष र महासचिवले सनराइज बैँकमा खाता समेत सञ्चालन गरेकोमा कोषाध्यक्षको गम्भीर असन्तुष्टी छ ।

बँैक खाता सम्बन्धमा टान नेतृत्वले प्रष्ट जवाफ दिनुपर्ने भन्दै उहाँले यदि विधानको निरन्तर उल्लङ्घन गरिए सर्वोच्च अदालत र अख्तियारमा जाने चेतावनीसमेत दिनुभएको छ ।

यता अध्यक्ष रिजालले भने कोषाध्यक्षले नेतृत्वमा आएदेखिनै विवाद झिकेर संस्थालाई कमजोर बनाएको आरोप लगाउनुभएको छ । “सुरुमा पाँच हजार रकम दिने विषयदेखिनै उहाँ (कोषाध्यक्ष) ले विवाद झिक्नुभएको थियो ।

“ ठूलो कुरा आर्थिक नै हो, आर्थिक कुरा रोकिएपछि टानका सबै गतिविधि प्रभावित भएका छन् उहाँले अझै चेकमा हस्ताक्षर गर्न मान्नुभएको छैन, अब, विधानअनुसार अघि बढ्छौँ,”–अध्यक्ष रिजालले भन्नुभयो ।

उहाँका अनुसार टानको दैनिक प्रशासनिक खर्च, विज्ञापन, कर्मचारीको सुविधाका साथै पदयात्रा प्रवद्र्धनलगायत काममा समस्या आएको छ ।

टानले गर्ने कुुनै पनि आर्थिक कारोबारमा अध्यक्ष वा महासचिवमध्ये कुनै एक तर कोषाध्यक्षको हस्ताक्षर अनिवार्य हुनुपर्ने प्रावधान टानको विधानमा उल्लेख छ । चन्द्र रिजाल नेतृत्वको वर्तमान कार्यसमितिका केही सदस्यले जथाभावी खर्चमा हस्ताक्षर गर्न कोषाध्यक्षलाई आग्रह गरेको थियो । उक्त प्रस्ताव कोषाध्यक्षले अस्वीकार गरेपछि अधिकार कटौती गर्ने गरी विधान संशोधन गर्ने प्रयास नेतृत्वले गरेको आरोप छ ।

टिम्स ‘पदयात्री सूचना व्यवस्थापन प्रणाली’ कार्ड कोषको रकम हिनामिना गर्न खोजेकाले त्यसलाई रोक्न आफूले हस्ताक्षर नगरेको कोषाध्यक्ष दाहालले बताउनुभयो ।

“टिम्सको पैसा अफिसको भाडा तिर्न र कर्मचारीलाई तलब दिन मात्र मिल्छ, तर, सो रकम नेतृत्वले टानको साधारण सभा र होटलमा भएका अन्य कार्यक्रमको पैसा तिर्न खोजेकाले हस्ताक्षर नगरेको हँु,”–उहाँले भन्नुभयो ।

टान पछिल्लो समय आर्थिक संकटमा फस्दै गएपछि कोषाध्यक्षले खर्चमा मितव्ययी तरिका अपनाउने गरी अघि बढेको तर रकमान्तर गरेर भए पनि खर्च गर्ने ध्यानमा नेतृत्व लागेको बताइन्छ ।

टानले विवादकाबीच पनि अन्य संस्थासँगको सम्बन्ध सुमधुर बनाउन सफल भएको जनाएको छ । अहिले नेपाल पर्यटन बोर्ड, नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल, होटेल एसोसिएसन अफ नेपाललगायत संस्थासँग टानले सम्बन्ध सुधारेको अध्यक्ष रिजालको भनाइ छ ।

टानमा अहिले करिब १६ सय ट्रेकिङ कम्पनी आवद्ध छन् । दुईवर्षे कार्यकालमा टानको सचिवालय व्यवस्थापन, प्रशासन सुधार तथा नवीकरण नगरी सञ्चालित करिब दुई सय ट्रेकिङ कम्पनीको नवीकरण नगरिएको टानले जनाएको छ । टानले लाङटाङ म्याराथनबाहेक अन्य कुनै उल्लेखनीय प्रवद्र्धनात्मक काम गर्नसकेको छैन । अहिलेको नेतृत्वको दुई वर्षे कार्यकाल आगामी सेप्टेम्बरमा सकिदैँछ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter