प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ भोलि

Supreme Courtकाठमाडौंँ, असार ३१ गते । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश गोपाल पराजुलीको आउँदो आइतबार संसदीय सुनुवाइ गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको समितिको बैठकले पराजुलीको सुनुवाइ साउन १ गते आइतबार गर्ने निर्णय गरेको हो ।

पराजुलीविरुद्ध उजुरी आह्वानको समयमा कुनै पनि उजुरी दर्ता नभएपछि सुनुवाइको कार्यविधिअनुसार सुनुवाइमा बोलाइएको हो । समिति सचिव ध्रुवप्रसाद घिमिरेले आइतबार सुनुवाइ गर्ने निर्णय भएको बताउनुभयो ।

यसअघि समितिले असार १९ गतेदेखि १० दिनको समय दिएर पराजुलीका सम्बन्धमा उजुरी भए पेस गर्न समय दिएको थियो । सरोकारवाला र सर्वसाधारण समेतलाई दिइएको उक्त समयसीमा बुधबार सकिएको हो ।

असार १५ गते संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशका लागि पराजुलीको नाम सिफारिस गरेको थियो । प्रमुख विपक्षी दलको असहमतिका कारण केही दिन रोकिएको सिफारिस दोस्रो चरणको स्थानीय तह निर्वाचन सकिएलगत्तै भएको थियो ।

संसद्को कार्य सञ्चालन नियमावली तथा सुनुवाइ कार्यविधिअनुसार उजुरी नपरेपछि अब पदाधिकारीको सुनुवाइको प्रक्रियामात्र बाँकी रहेको छ । समितिले सम्बन्धित पदाधिकारीको सुनुवाइपछि अनुमोदन वा अस्वीकृत दुवै गर्न सक्नेछ । अस्वीकृत गर्न समितिको कम्तीमा दुई तिहाइ बहुमत आवश्यक पर्नेछ । तर, अनुमोदन भने बहुमतले गर्न सक्नेछ ।

समितिले सुनुवाइ प्रक्रिया सुरु भएको ४५ दिनभित्र प्रस्तावित पदाधिकारीको नाम स्वीकृत वा अस्वीकृत निर्णय लिइसक्नुपर्नेछ । ४५ दिनभित्र समिति अनिर्णित भएमा प्रस्तावित पदाधिकारीको नियुक्तिका लागि बाधा पर्नेछैन । संवैधानिक प्रावधानअनुसार सुनुवाइ प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट प्रधान न्यायाधीश नियुक्त हुने व्यवस्था छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter