३३ जिल्लाको समन्वय समिति गठन गर्न आयोगको निर्देशन

Election Commissionकाठमाडौँ,  साउन ४ गते ।  निर्वाचन आयोगले रुकुम र नवलपरासी बाहेकका जिल्लामा ‘जिल्ला समन्वय समिति गठन गर्न निर्देशन दिएको छ । आज बसेको आयोगको बैठकले दोस्रो चरणमा सम्पन्न भएको ३५ जिल्ला मध्ये ३३ जिल्लाको समन्वय समिति गठन गर्न निर्देशन दिएको आयोगका प्रवक्ता सूयप्रसाद शर्माले विज्ञप्ती मार्फत जानकारी गराए ।

उनीद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘दाेस्राे चरणमा गाउँपालिका/नगरपालिकाको निर्वाचन सम्पन्न भएका प्रदेश नम्बर १, ५ र ७ का नवलपरासी र रुकुम बाहेकका ३३ जिल्लाको जिल्ला समन्वय समितिको निर्वाचन सञ्चालन गर्नको लागि हाल नियुक्त भइरहेका सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ ।’

आयोगले सम्बन्धित जिल्लाको जिल्ला सभाबाट जिल्ला समन्वय समितिमा रहने सदस्य संख्या यकीन भएपछि मात्रै निर्वाचनको कार्यक्रम सञ्चालन गर्न सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ । रुकुम र नवलपरासीका अधा-आधा भूभाग फरक-फरक प्रदेशमा परेकाले जिल्ला समन्वय समिति गठन गर्न अप्ठ्यारो भएको हो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter