श्रमिक आन्दोलनमा गिरिजाबाबुको महत्वपुर्ण योगदान : पूर्वराष्ट्रपति यादव

president-ram-baran-yadavकाठमाडौँ, साउन ७ गते । पूर्व राष्ट्रपति डा रामवरण यादवले गिरिजाप्रसाद कोइरालाको सरकारको पालामा नेपालको स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको बताउनुभएको छ । गिरिजाप्रसाद कोइराला श्रम प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘स्वास्थ्य शिविर’को शुभारम्भ गर्दै पूर्व राष्ट्रपति डा यादवले गिरिजाबाबु प्रधानमन्त्री भएको बेला देशका विभिन्न क्षेत्रमा मेडिकल कलेज स्थापना भएको बताउनुभयो ।

“गिरिजाबाबु जनताले सहजरुपमा स्वास्थ्य सुविधा पाओस् भन्ने व्यक्ति हुनुहुन्थ्यो,”–डा यादवले भन्नुभयो । उहाँले मुलुकको परिवर्तनमा श्रमिक आन्दोलनको ठूलो भूमिका रहेको बताउँदै श्रमिक आन्दोलनमा कोइरालाको ठूलो योगदान रहेको चर्चा गर्नुभयो ।

डा यादवले भन्नुभयो,–“विस २००३ मा लोकतान्त्रिक आन्दोलनमा सहयोग पु¥याउनका लागि कोइरालाले विराटनगर जुट मिलमा श्रमिकको नेतृत्व गर्नुभएको थियो ।”

प्रतिष्ठानका अध्यक्ष एवम् सांसद पुस्कर आचार्यले मजदुर आन्दोलनका कारण देशमा परिवर्तन भएको भन्दै मजदुरको समस्यालाई राज्यले बेवास्था गर्न नहुने बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका सचिव डा किरण रेग्मीले देश विकासका लागि उद्योग धन्दा आवश्यक र उद्योग सञ्चालनका लागि मजदुरको आवश्यकता रहेकाले मजजुरलाई स्वस्थ्य राख्न स्वास्थ्य शिविर आवश्यक रहेको बताउनुभयो ।

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहाल, नेपाल चिकित्सक सङ्गका अध्यक्ष मुक्तिराम श्रेष्ठ, नेपालका लागि भारतीय दूतावासका कन्सुलर पिडिए छिरीङलगायतले मजदुरलाई स्वास्थ्य उपचारको कुरा महत्वपूर्ण भएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष शिशिरकुमार झाले मजदुरको हक र हितका लागि गिरिजाबाबुको ठूलो योगदान रहेको भन्दै उहाँको निधन हुनुअघि नै उहाँको नाममा प्रतिष्ठान स्थापना गरिएको बताउनुभयो । रासस

। पूर्व राष्ट्रपति डा रामवरण यादवले गिरिजाप्रसाद कोइरालाको सरकारको पालामा नेपालको स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको बताउनुभएको छ ।
गिरिजाप्रसाद कोइराला श्रम प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘स्वास्थ्य शिविर’को शुभारम्भ गर्दै पूर्व राष्ट्रपति डा यादवले गिरिजाबाबु प्रधानमन्त्री भएको बेला देशका विभिन्न क्षेत्रमा मेडिकल कलेज स्थापना भएको बताउनुभयो ।

“गिरिजाबाबु जनताले सहजरुपमा स्वास्थ्य सुविधा पाओस् भन्ने व्यक्ति हुनुहुन्थ्यो,”–डा यादवले भन्नुभयो । उहाँले मुलुकको परिवर्तनमा श्रमिक आन्दोलनको ठूलो भूमिका रहेको बताउँदै श्रमिक आन्दोलनमा कोइरालाको ठूलो योगदान रहेको चर्चा गर्नुभयो ।

डा यादवले भन्नुभयो,–“विस २००३ मा लोकतान्त्रिक आन्दोलनमा सहयोग पु¥याउनका लागि कोइरालाले विराटनगर जुट मिलमा श्रमिकको नेतृत्व गर्नुभएको थियो ।”

प्रतिष्ठानका अध्यक्ष एवम् सांसद पुस्कर आचार्यले मजदुर आन्दोलनका कारण देशमा परिवर्तन भएको भन्दै मजदुरको समस्यालाई राज्यले बेवास्था गर्न नहुने बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका सचिव डा किरण रेग्मीले देश विकासका लागि उद्योग धन्दा आवश्यक र उद्योग सञ्चालनका लागि मजदुरको आवश्यकता रहेकाले मजजुरलाई स्वस्थ्य राख्न स्वास्थ्य शिविर आवश्यक रहेको बताउनुभयो ।

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहाल, नेपाल चिकित्सक सङ्गका अध्यक्ष मुक्तिराम श्रेष्ठ, नेपालका लागि भारतीय दूतावासका कन्सुलर पिडिए छिरीङलगायतले मजदुरलाई स्वास्थ्य उपचारको कुरा महत्वपूर्ण भएको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष शिशिरकुमार झाले मजदुरको हक र हितका लागि गिरिजाबाबुको ठूलो योगदान रहेको भन्दै उहाँको निधन हुनुअघि नै उहाँको नाममा प्रतिष्ठान स्थापना गरिएको बताउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter