द्वन्द्वपीडितका माग : दिगो पुनःस्थापना हुनुपर्ने

File Photo

बैतडी, साउन ८ गते । यहाँ द्वन्द्वपीडितले आफूहरुको दिगो पुनःस्थापना हुनुपर्ने माग गरेका छन् । दोगडाकेदार गाउँपालिका श्रीकेदारका ६० वर्षीया विष्ना विष्टले आफ्ना एक मात्र २२ वर्षीय छोरा द्वन्द्वकालमा विद्रोही माओवादीद्वारा मारिएकाले बुढ्यौलीमा आफ्नो स्याहार गर्ने कोही नभएको बताउनुभयो ।

दशरथचन्द नगरपालिका–२ देहीमाडौँंका ६० वर्ष नाघ्नुभएका गोजडी बोहरालाई पनि बुढेसकाल लागेपछि अब कसरी बाँच्ने भन्ने चिन्ता छ । राहतको रकम बुझ्न सदरमुकाममै भेटिनुभएका उहाँले पनि पैसाले छोराको माया नमेटिने बताउँदै सरकारले आफूहरुको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

डिलाशैनी गाउँपालिका कोटपेटराका राम रानाले पनि द्वन्द्वकालमा आफ्नो छोरा गुमाउनुभयो । प्रत्येक वर्ष राहतका लागि सदरमुकाम पुग्ने रानाले राहत रकम पाए पनि द्वन्द्वपीडितका लागि सरकारले दिगो व्यवस्थापनका कार्यक्रम ल्याउन नसकेको गुनासो गर्नुभयो ।

द्वन्द्वपीडितले सरकारले आफूहरुको दिगो व्यवस्थापन हुने किसिमको कार्यक्रम ल्याउन नसकेको आरोप लगाएका छन् । द्वन्द्वपीडित परिवारको शिक्षा, स्वास्थ्य, रोजगारलगायत क्षेत्रमा सहज पहुँच पुग्ने किसिमको कार्यक्रम ल्याउनुपर्ने डिलाशैनी गाउँपालिका– १ रामालाका धर्मानन्द भट्टले बताउनुभयो ।

सशस्त्र द्वन्द्वका बेला बैतडीमा एक सय ७१ जनाले ज्यान गुमाएका तथा २५ जना बेपत्ता भएका छन् । तीन सय ५० परिवार विस्थापित भएको स्थानीय शान्ति समितिसँग तथ्यांक छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Teacher quits job and takes to kiwi cultivation

PM submits Security Council report to President

CIAA to ban share trading activities within Singha Durbar

Nepal: a country needing improvement

PM Oli stresses on cooperation between KU and Dhulikhel Hospital




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter