वर्षे झरनामा बढे आन्तरिक पर्यटक; धुलिखेलको फस्कोटमा पर्यटनको पूर्वाधार बन्दै

Jharanaलमजुङ, साउन ८ गते । डुम्रे बेँसीसहर सडकखण्ड अन्तर्गत उदिपुरको गाईखुरे झरनामा आन्तरिक पर्यटकको भीड बढेको छ । वर्षाको समयमा मात्र पानी झर्ने उक्त झरनाले स्थानीय पर्यटकलाई आकर्षण गरेको हो ।

बिदाको दिन भने झरना हेर्न र रम्न जानेको निकै भीड लाग्ने गरेको छ । हप्ताभरी काममा व्यस्त हुनेहरु बिदाको दिन झरनामा पुगेर थकाइ मेटाउने गर्न थालेका छन् । कतिपय त दिनभरिको थकाइ मेटाउन साँझपख झर्ना पुग्ने गर्दछन् ।

“घर, कार्यालयको सबै थकाइ झरनाले मेटाइदिन्छ” बेँसीसहरका शङ्कर गुरुङले भन्नुभयो, “साथीसँग झरनामा खेल्दा निकै आनन्द हुन्छ ।”

सडक छेउमै भएकाले झरनाको आकर्षणले कतिपयले सवारी साधन रोकेर नै अवलोकन गर्ने गरेका छन् । छोटो समयमा लमजुङका पर्यटकीय गन्तव्य पुग्न नसक्नेहरु झरनामा पुगेर आनन्द लिने गर्दछन् ।

पर्याप्त प्रर्वद्धनको बाबजुद पनि झरनाले अत्यधिक पर्यटकलाई आकर्षण गरेको छ । उक्त झरनाको प्रचार तथा प्रबद्र्धन गर्नसके थप पर्यटक भित्र्याउन सकिने सरोकारवाला बताउँछन् ।
विगत तीन वर्षदेखि सो झरनामा व्यावसायिक क्यानोनिङ गरिँदै आएको छ । झरनामा सुरक्षित तरिकाले क्यानोनिङ गर्न सकिने हुँदा ‘क्यानोनिङ स्पोर्ट’को रुपमा प्रवद्र्धन गर्नुुपर्ने क्यानोनिङ व्यवसायी देवेन्द्रबाबु तिवारीको भनाइ छ ।

सदरमुकाम बेँसीसहर प्रवेश गर्ने जो कोहीलाई पनि यो झरनाले आकर्षित गरेको छ । झरनामा सदरमुकाम बेँसीसहरसहित उदिपुर, भोटेओडार, सुन्दरबजारलगायतका ठाउँका बासिन्दा मनोरञ्जनका आउने गर्दछन् ।

धुलिखेलको फस्कोटमा पर्यटनको पूर्वाधार बन्दै
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–१२ का खडकराज पन्तले पर्यटनलाई कृषिसँग जोड्ने प्रयास थाल्नुभएको छ ।

पर्यटन व्यवसायमा २० वर्ष लामो अनुभव हासिल गर्नुभएका उहाँ धुलिखेलस्थित फस्कोटको थुम्का डाँडालाई छनोट गरेर त्यहाँ पर्यटन प्रवद्र्धन गर्न पूर्वाधार विकासमा लागिरहनु भएको छ ।

उहाँले भन्नुभयो – “मुस्ताङमा खेर गएको स्याउलाई नयाँ प्रविधिमा रुपान्तरण गरे झै यहाँबाट उत्पादन भएको आलुको चिप्स वा गाजरको हलुवा बनाएर पर्यटकको आर्कषण वढाउन सकिन्छ ।”

पर्यटन क्षेत्रमा रहेर गरेको पदयात्राको अनुभवलाई पर्यटन क्षेत्रको विकासमा लगाउन उहाँल उद्यत हुनुहुन्छ । उहाँले त्यस क्षेत्रमा फूल फुल्ने र पानी कम आवश्यक पर्ने विभिन्न प्रजातिको बिरुवा रोपेर हराभरा बनाउनुभएको छ ।

“मैले पर्यटनमार्फत समाज रुपान्तरणको पक्षमा काम गर्न कोशिश गरेको छु,” उहाँले भन्नुभयो ।
पन्तले सामुदायिक होम स्टेका लागि करिव रु ६ लाखको लगानीमा त्यस क्षेत्रमा २ वटा घर बनाउन लागेको र सात रोपनी जग्गामा आकर्षक पर्यटक गन्तब्य बनाउने योजना रहेको जानकारी दिनुभयो ।

तीन वर्षदेखि निरन्तर पर्यटन पूर्वाधारको विकासमा समय खर्चनुभएका पन्तले झण्डै रु ३ लाखको व्यक्तिगत लगानीमै खानेपानीको समस्या हल गरेको बताउनुभयो । तामाङ समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रबाट जाडो मौसममा अन्नपूर्ण, मनास्लु, गणेश, जुगल, लाङटाङ हिमशृङखलाको समेत अवलोकन गर्न पाइन्छ ।

सदरमुकाम धुलिखेलबाट दक्षिणपूर्व ६ किलोमिटर दूरीमा रहेको उक्त क्षेत्रमा जान बाटोको समस्या देखिएको छ । धुलिखेललाई पर्यटकीय गन्तब्यको रुपमा लिइएकाले यहाँ आन्तरिक र बाहय पर्यटकको चहलपहल बढी देखिन्छ । रासस

 

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter