माछाबाट एकै सिजनमा पचहत्तर लाख आम्दानी

siraha-fishटीकाबहादुर बस्नेत / दाङ, साउन ११ गते । दाङको मोतीपुरका दीपक भण्डारीको धेरैजसो समय माछासँग बित्छ । तुलसीपुर नगरपालिका वडा नं. २० मा पर्ने मोतिपुरमा भण्डारीले माछापालन गर्दै आउनुभएको छ । घर नजिकै रहेको पोखरीमा माछाको हेरचाह गर्दैमा उहाँको धेरैजसो समय बित्छ । केही वर्ष पहिलेसम्म धान खेती हँुदै आएको जग्गामा पोखरी निर्माण गरेर भण्डरीले माछापालन व्यवसाय सुरु गर्नुभएको हो ।
त्यहाँको पाँच बिघाभन्दा बढी जग्गामा पोखरी निर्माण गरिएको छ । त्यो जग्गामा अहिले छवटा छुट्टाछुट्टै पोखरी निर्माण गरेर विभिन्न जातका माछापालन गरिरहेको उहाँले बताउनुभयो ।

माछापालन गरिरहेको जग्गा उहाँको मावली हजुरबुबा क्षेत्रबहादुर बस्नेतको जग्गा हो । चार वर्षदेखि हजुरबुबानातिको संयुक्त लगानीमा माछापालन व्यवसाय सञ्चालन भइरहेको छ । लगानी बाजे नातिको भए पनि माछाको नियमित हेरचाह र पालनपोषण गर्ने काम दीपक भण्डारीले गर्दै आउनुभएको छ । ‘जग्गा त मावली बाजेको हो पहिले बाजे एक्लैले व्यवसाय गर्नुहुन्थ्यो तर, केही वर्षदेखि म पनि उहाँसँग मिलेर काम गर्दैछु’, भण्डारीले बताउनुभयो, ‘अहिले सबै दिन नै माछाको हेरचाह गरेरै बित्छ । चारो हाल्ने, सरसफाइ गर्ने, मरेका माछा निकाल्ने गर्दैमा सबै दिन यसैमा बितेको थाहै हँुदैन । ’

सशस्त्र द्वन्द्वकालमा माओवादीले कब्जा गरेको जग्गा आन्दोलन पछाडि फुकुवा भएपछि माछापालन सुरु गरिएको भण्डारीले जानकारी दिनुभयो । सिमसार खेत भएकाले पहिले पनि धान खेती राम्रै हुने गरेको उहाँको भनाइ थियो तर, धानखेतीमा मात्र सीमित हुनुभन्दा अन्य व्यवसाय गर्ने सोचले माछापालन सुरु गरेको उहाँले बताउनुभयो । ‘धान मात्रै कति लगाउनु ? पहिले जस्तो अधिया लगाउने मान्छे पनि नपाइँदैन । धानखेतीमा खर्च हुने समयमा अलि ध्यान दिने हो भने राम्रै कमाई गर्नसकिन्छ भनेर चार वर्ष भयो माछापालन सुरु गरेको हुँ’, भण्डारीले भन्नुभयो, ‘जग्गा बाँझो राख्नुभन्दा यो व्यवसाय धेरै राम्रो लाग्यो । काम गर्नसक्ने हो भने यसबाट पनि राम्रै आम्दानी भइरहेको छ । ’

यहाँ बनाइएका चारवटा पोखरीमा दुई लाख साढे २७ हजार माछाका भुरा राखिएको छ । सबै माछा शम्शेरगञ्जबाट ल्याइएको हो । माछाका भुरामै लाखांैको लगानी गरिएको भण्डारीले बताउनुभयो ।

पानीको मात्रा, चारो र राम्रोसँग हेरचाह गरिएका माछाहरू छ महिनापछि नै बिक्री गर्न मिल्ने हुन्छन् तर, पोखरीमा राखिएका भुरामध्ये धेरैलाई बचाउन नसकिने समस्या हुने भण्डारीले बताउनुभयो । ‘यो व्यवसायमा सबैभन्दा अप्ठेरोको कुरा भनेकै भुरालाई बचाइराख्नु हो । ’ भण्डारीले एक सिजनमा करिब ७५ लाख रुपियाँ आम्दानी हुने गरेको जानकारी दिनुभयो । दुई लाख साढे २७ हजार माछाका भुरामध्ये एक लाख ५० हजार बचाउन सके पनि एक सिजनमा ७५ लाख रुपियाँँ आम्दानी हुने उहाँले बताउनुभयो ।

प्रायः सबै माछाहरू दाङकै बजारमा खपत हुन्छ । कहिलेकाहीँ मात्र सल्यानसम्म माछा पु¥याउने गरेको भण्डारीले बताउनुभयो । आफ्नै लगानी र सीपले माछापालन व्यवसाय सुरु गर्नुभएका भण्डारीले सरकारबाट पाउने अनुदान र तालिम अहिलेसम्म प्राप्त गर्नुभएको छैन । अरूले गरेको देखेर माछा पाल्न सुरु गरेको उहाँले बताउनुभयो । राज्यबाट कुनै सहयोग प्राप्त गर्न सके व्यवसायलाई थप व्यवस्थापन गर्न सकिने उहाँले बताउनुभयो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter