रक्षाबन्धनको अवसरमा गोसाइँकुण्ड स्नान गर्ने भक्तजनको घुइँचो

Gosaikundरसुवा, साउन ११ गते । रक्षाबन्धनको अवसरमा गोसाइँकुण्ड स्नान गर्ने भक्तजनको घुइँचो लाग्न थालेको छ । पवित्र तीर्थस्थल मानिएको गोसाइँकुण्डमा डुबुल्की मारेपछि शरीरको रोगव्याध हट्ने र घरपरिवारमा सुखशान्ति बढ्ने विश्वासका साथ वर्षेनी यस पर्वका अवसरमा तीर्थयत्रीको भिड लाग्ने गरेको हो ।
गोसाइकुण्डमा स्नान पछि भगवान् शंकरको पूजा र र वरदान माग्न निलाद्री पर्वत पुग्ने परम्परा रहेको पुरोहित टंकप्रसाद ढकालले बताउनुहुन्छ ।
विगतमा गोसाइँथान पुगी घर फर्कन ६ महिनासम्म लाग्ने गरेकामा अहिले यातायातको सुविधाले गर्दा काठमाडाँैदेखि धुञ्चेसम्म बस र धुन्चेबाट दुई दिनको पैदल यात्रापछि गोसाइँकुण्डमा सहज रुपले पुगी धुञ्चे फर्किने गरेको अनुभवी यात्रुहरु बताउँछन् । जनैपूर्णिमाका दिन विभिन्न स्थानका तीन करोडभन्दा बढी देवी–देवता गोसाइँथान पुग्ने र पूर्णिमाका दिन कुण्डमा पूजा गर्दा तिनको दर्शन पाइने धार्मिक विश्वास छ ।

गोसाइँकुण्डको यात्रा गर्नुपूर्व घरका कुलदेवतासँग बिदा माग्ने र वेत्रावतीको उत्तरगयाधाममा केश मुण्डन गरी गंगा पूजा गरेर साथीहरुका साथ ओम नमोशिवाय जप्दै सुलाद्री पर्वतको आरोहण सकेपछि टेकेको लौरीसमेत चराउनुपर्ने मान्यता रहिआएको छ ।
काडमडौँबाट मोटरमा हिँडेपछि त्रिशूलीको स्वादिलो खाना, धैबुङको दही चिउरा र धुन्चेको बासले सबै यात्रुमा उमंग छाउने र धुञ्चेबाट हिँडेपछि स्वच्छ हावा चल्ने जंगलका फेदमा रहेका होटलको बास र भोजनले थप उत्साह हुने चन्दनवारीका होटल व्यवसायी पासाङ घ्यूर्मी तामाङको भनाइ छ ।

लौरी विनायकभन्दा माथि वनस्पति नभएका कारण लेक लाग्ने भएकाले गुल्कोज पानी प्रशस्त पिउने र चिकित्सकको परामर्शअनुसार औषधिलगायत अदुवा, लसुन, कागती सेवन गर्दै जाँदा सहजरूपले पुग्न सकिन्छ । जनैपूर्णिलाई केन्द्रित गरीे अत्यधिक भक्तजन आउने भएकाले यात्रुको चापलाई मध्यनजर राखी गोसाइँकुण्ड, चोलाङपाटी, लौरी विनायक क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिएको र बासस्थानका लागि होटेलका साथै अस्थायी छाप्रो समेत बनाइएको छ । यसैगरी बाटो मर्मत, सरसफाइ र स्वयंसेवक परिचालनसमेत भईरहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीप यिमले बताउनुभयो ।

विरामी परेका यात्रुको प्राथामिक उपचारका लागि हिमालय उद्घार संघ, जिल्ला जनस्वास्थ्य कार्यालय र लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना, जिल्ला रेडक्रस सोसाइटी र स्काउट समेतको संस्थाले सहयोग गर्दै आएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

स्थानीय प्रशासनले गोसाइँकुण्ड मेलाको निरन्तर अनुगमन गरिरहने भएकाले यात्रुलाई वेत्रावतीको रसुवा प्रवेशद्वारदेखि नै गोसाइँकुण्डसम्म कुनै समस्या नआउने बताइएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter