विवेकशील नेपाली दल र साझा पार्टीबीच एकता

Bibeksheel Sajha Partyकाठमाडौँ, साउन ११ गते । मुलुकलाई समृद्धितर्फ लैजाने मूल उद्देश्यका साथ विवेकशील नेपाली दल र साझा पार्टीबीच आज एकता भएको छ ।

आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी दुई पार्टी एक भएको जानकारी दिइयो । एकीकरणपछि पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राखिएको छ ।

एकीकरण भएसँगै पार्टीको केन्द्रीय समिति ३४ सदस्यीय बनाइएको छ । जसमा रवीन्द्र मिश्र, उज्वलबहादुर थापा, अनुषा थापा, सूर्यराज आचार्यलगायत रहनुभएको छ । दुवै पार्टीका चार÷चार जना रहने गरी संयोजन समिति निर्माण गरिएको छ । मिश्र र थापा सहसंयोजकका रुपमा रहनुभएको छ । बैठकको अध्यक्षता भने मिश्रले गर्ने बताइएको छ ।

त्यसैगरी प्रत्येक प्रदेशमा एक एक जना प्रदेश संयोजकको भूमिकामा रहने पनि पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

पार्टी एकिकरण कार्यक्रममा बोल्दै पार्टीका संयोजक रवीन्द्र मिश्रले संविधानले दिएको अधिकार प्रयोग गर्दै मुलुकको मुल्य मान्यतालाई आत्मसाथ गरी देश विकासमा लाग्ने विश्वास दिलाउनुभयो । सोही अवसरमा संयोजक मिश्रले आफ्रनो पार्टीको सक्रियतामा सन् २०३० सम्ममा नेपाललाई न्युन आयबाट मध्यम आयमा लगिने पनि बताउनुभयो ।

अर्का संयोजक उज्वल बहादुर थापाले देशलाई आर्थिक विकास र संवृद्धि गर्नको लागि पार्टी एकता भएको जानकारी गराउनुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter