मानवीय कारणले सर्प लोप हुँदै

Researcher-shocks-onlookers-by-tackling-massive-wild-snakeरत्ननगर (चितवन), साउन १३ गते । वातावरण सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेको सर्प पछिल्लो समयमा लोप हुँदै गइरहेको छ ।

मानवीय कारण नै सर्प लोपोन्मुख बन्दै गएको अनुसन्धानकर्ताले बताएका छन् । आज नागपञ्चमी पर्व हिन्दूहरुले घरका मूलढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरेर धुमधामसंग मनाइरहँदा पनि सर्प देख्नेबित्तीकै मार्ने प्रवृत्ति कायमै छ ।

“सर्पले टोक्नेबित्तिकै मानिस मर्छ भन्ने परम्परागत धारणा मानिसमा छ,” सर्प र भ्यागुताको अध्ययन गर्नुभएका राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका संरक्षण अधिकृत सन्तोष भट्टराईले भन्नुभयो, “यसले टोकेर मानिस मरिहाल्दैन ।” असावधानी अपनाउँदा र झारफुकमा लाग्दा जोखिम बढी हुन्छ ।

त्यसमाथि सबै सर्प विषालु पनि नहुने भएकाले सावधानी अपनाउँदा र चाँडै अस्पताल पुग्दा विषालु सर्पले टोके पनि मानिसको ज्यान बच्छ ।

सर्पको उद्धार तथा अध्ययनमा सक्रिय रहनुभएका सर्प संरक्षण समाज पोखराका अध्यक्ष महेन्द्र कतिलाका अनुसार सर्प त मानिसको शत्रु नभई मित्र हो । सर्पको विषले औषधि बन्छ । मुसा खाएर किसानको बाली संरक्षणमा समेत सर्पले सहयोग पु¥याउने तथा पारिस्थितिक चक्रमा ठूलो भूमिका खेल्छ ।

क्यान्सर रोगमा समेत सर्पको विषको अनुसन्धान भइरहेको छ, सर्पले टोकेको उपचार नै सर्पकै विषबाट हुन्छ, नशासम्बन्धीको उपचारमा पनि यसकै विष प्रयोग हुने गरेको कतिलाको भनाइ छ । “सर्पसँग मणि हुन्छ भन्ने परम्परागत भनाई यसैसँग मिल्छ, विष नै उसको मणि हो, सहीरुपमा प्रयोग गर्न जान्नुपर्छ” – कतिलाले भन्नुभयो ।

सर्प मांसाहारी घस्रने प्रजातिमा पर्छ । लामो शरीर हुन्छ । खु¥ट्टा हुँदैन । शुरुमा मान्छे देख्दा सर्प भाग्न खोज्छ । मानिसलाई कहिल्यैपनि सर्पले आक्रमण गर्दैन । आत्मरक्षाका लागि मात्रै सर्पले आक्रमण गर्ने सर्प उद्धार तथा संरक्षणमा लागेका युवा रोहीत गिरी बताउनुहुन्छ ।

उहाँले अहिलेसम्म विभिन्न जिल्लामा १०० सर्पको उद्धार गरिसक्नुभएको छ । ‘मानिसमा जनचेतनाको कमि छ, सर्पले मान्छे मार्छ भन्ने भ्रम भएकाले मानिसले देख्नेवित्तीकै यसलाई मार्छन, गिरीले भन्नुभयो, सर्प हाम्रो सहयोगी हो भनेर बुझाउन नसक्नु विडम्बना छ ।’

गलत सोचका कारण लोपोन्मुख बन्दै गएको सर्पको पछिल्लो समयमा संरक्षणका आवाजहरु बढ्न थालेका छन् ।

बढ्दो शहरीकरण र मानिसको नकारात्मक सोचले सर्पको जीवन खतरामा पर्ने गरेको छ । मानिस त्यसै डराउने हुनाले देख्नेबित्तिकै सर्पलाई मार्छन् । मानिसमा सर्पको आनीबानीबारे ज्ञान नहुँदा नकारात्मक सोचले सर्पको ज्यान खतरामा पर्ने गरेको अर्का संरक्षणकर्मी सागर गिरीले बताउनुभयो ।

सर्पले टोकेमा झारफुक गर्ने, घरेलु उपाए अपनाउने गर्दा पनि ज्यान जाने गरेको उदाहरण छन् । कसैको रोग प्रतिरोधात्मक क्षमता कम हुँदा र बढी डराउँदा पनि ज्यान जोखिममा पर्ने संरक्षणकर्मी बताउँछन् ।

नेपालमा अहिलेसम्मको अभिलेखमा ८२ प्रजातिका सर्प फेला परेका छन् । पाँच, छ प्रजातिका नयाँ भेटिएका सर्पहरुको अहिले अनुसन्धान भइरहेको सर्पका जानकार महेन्द्र कतिलाले जानकारी दिनुभयो ।

नेपालमा पाइनेमध्ये २२ प्रजातिका सर्प विषालु रहेका छन् । करेत, कोब्रा, भाइपर प्रजातिका सर्प बढी विषालु हुन्छ । विश्वमा तीन हजारभन्दा बढी प्रजातिका सर्प रहेको तथ्यांक छ ।

सर्पले टोकेमा टोक्नेबित्तीकै आत्तिनुहुन्न । प्राथमिक उपचारमा आराम गर्ने र सुरक्षित अवस्थामा राख्ने । धेरै हल्लिन नदिने टोकेको ठाउँमा काम्रो बानेर समयमै एन्टी स्नेक भेनम भएको अस्पताल लैजाँदा ज्यान जोगिन्छ ।

अहिले पनि सर्पलाई नागका रुपमा पूजा गरिन्छ । पुरानो कथामा सर्पलाई पवित्रताको प्रतीक मानिए पनि यसलाई मार्ने प्रवृत्ति रोक्नतर्फ ध्यान दिनु जरुरी छ ।

सर्पमा अध्ययन गर्नुभएका संरक्षणकर्मी सन्तोष भट्टराईले सरीसृप प्रजातिमध्ये गोही, अजिंगर र गोहोरोलाई मात्रै संरक्षण सूचीमा राखेकाले सरकारले अरु सर्पलाई समेत ध्यान दिनु जरुरी भएको बताउनुहुन्छ ।

अफ्रिकातिर सर्प पर्यटनको विकास भइरहेको छ । तर नेपालमा यसतर्फ कसैको ध्यान गएको छैन । नेपालमा पनि सर्प पर्यटनको विकास गर्न सकिन्छ,सर्प संरक्षण समाजका अध्यक्ष महेन्द्र कतिलाले भन्नुभयो – “सर्पको बासस्थान संरक्षणमा जोड दिन सक्नुपर्छ ।” उहाँले नेपालमा सर्पका सम्बन्धमा धेरै अध्ययन, अनुसन्धान हुन बाँकी रहेको छ भन्नुभयो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter