सिमसार क्षेत्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने

Wetlandमोरङ, साउन १४ गते । बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्रलाई अनुसन्धान केन्द्रका रुपमा विकास गरिने भएको छ ।

आन्तरिक पर्यटकका लागि आकर्षक थलो बन्दै गएको सो सिमसार क्षेत्रलाई विभिन्न जीव तथा पक्षीको अध्ययन केन्द्रका रुपमा विकास गर्न लागिएको बेतना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डम्बर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म मनोरञ्जनका लागि मात्र उपयोग हुँदै आएको सो क्षेत्रलाई अब नयाँ अवधारणाका साथ जीव तथा पक्षीको अनुसन्धान केन्द्रका रुपमा विस्तार गरिने छ ।

आन्तरिक पर्यटकका लागि एउटा गन्तव्यका रुपमा विकास भइरहेको सिमसार क्षेत्रमा बाह्य पर्यटकसमेत तान्नका लागि विभिन्न कार्ययोजना बनाउन थालिएको उहाँले बताउनुभयो । बेतना सिमसार अवलोकन गर्न सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ । अवलोकनका लागि दैनिक ५०० भन्दा बढी पर्यटक आउने गरेकाले सिमसार क्षेत्रभित्र आकाशे पुल, झोलुंगे पुल र पौडीपोखरी निर्माण गर्ने कार्ययोजना तयार गरिएको व्यवस्थापन समितिले जनाएको छ । रासस

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*
Advertise Section 7

TOP NEWSview all

Clean Nepal is possible as over 23 million people are willing to contribute: Khem Sharma

Even though it’s late, victims will get something from the commission: Subedi

Cecil and Harambe; a lesson for Himalayan Republic

Trip Down under

We want real conversion of our students beyond religion: Fr. Boniface Tigga, Regional Superior of Nepal Jesuit Society




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana Chairperson : Mr. Pratibedan Baidya