बाह्र दिनदेखि विद्युत् सेवा बन्द

Electricityचितवन, साउन १५ गते । पटकपटक विद्युत् सेवा अवरुद्ध हुँदा माडीका स्थानीयवासी प्रभावित भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज भित्रको जमिनमुनि गाडिएको तारमा खराबी भएका कारण यहाँ विद्युत् सेवा बन्द भएको हो । नेपाली प्राविधिकले खराबी पत्ता लगाउन नसकेपछि प्राविधिकसहित भारतबाट यन्त्र मगाइएको नेपाल विद्युत् प्राविधिकरण भरतपुर वितरण केन्द्रका इञ्जिनियर राजेन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मङ्गलबारसम्ममा यन्त्र नेपाल भित्रिने भएकाले विद्युत् सञ्चालन हुन अझै केही दिन लाग्ने छ ।

उक्त यन्त्र (केवल फल्ट फाइन्डिङ मेसिन) तार गाडिएको माथि हिँडाउँदा खराबी भएको स्थानमा आवाज परिवर्तन गर्छ । त्यसपछि बिग्रिएको थाहा हुन्छ । बिग्रिएर बनेको महिनादिन नपुग्दै जमिनमुनि गाडिएको बिजुलीको तारमा समस्या हुँदा माडीमा साउनको ४ गतेदेखि विद्युत् सेवा बन्द भएको हो । जमिनमुनि गाडिएको तार सात ठाउँमा गाँसिएको छ । सोमध्ये दुई ठाउँमा डढेको जस्तो कालो लागेको पाइएको भए पनि खराबी पत्ता लगाउन सकिएन ।

परियोजना हस्तान्तरण नहुँदा नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले समेत राम्ररी हेर्न नपाएको इञ्जिनियर पौडेल बताउनुहुन्छ । भारतीय सैनिक कल्याणकारी कोष र विद्युत् प्राधिकरणको लगानीमा सञ्चालित २०६७ सालबाट भरतपुर, चनौली, माडी ३३ केभी प्रसारण तथा ग्रामीण विद्युतीकरण आयोजनाले २०७३ साल कात्तिकमा यहाँ विद्युत् पु¥याएको थियो । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter