एक करोड ९२ लाख राजश्व संकलन

palpa-darbarपाल्पा, साउन १७ गते । आर्थिक वर्ष २०७३÷७४ मा मालपोत कार्यालय रामपुरले रु एक करोड ९२ लाख ४५ हजार राजश्व संकलन गरेको छ ।

आव २०७२÷७३ मा कार्यालयले रु एक करोड ८० लाख २३ हजार राजश्व संकलन गरेको थियो । कार्यालयले रजिष्ट्रेशन शुल्कमा नगरक्षेत्रबाट रु एक करोड ६६ लाख ९१ हजार र ग्रामीण क्षेत्रबाट रु दुई लाख १३ हजार, रोक्का र सेवा शुल्कमार्फत रु २१ लाख २७ हजार, पँुर्जा बिक्रिबाट रु ४७ हजार र नामसारीबाट रु एक लाख ६५ हजार राजश्व असुल गरेको मालपोत कार्यालयका नायव सुब्बा देवेन्द्रप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

रजिष्ट्रेशन शुल्क रु एक करोड ६९ लाख चार हजारमध्ये कार्यालयले रु २९ लाख ३६ हजार जिल्ला समन्वय समितिलाई, रु ८१ लख ३४ हजार रामपुर नगरपालिकालाई र बाँकी रु ५८ लाख ३३ हजार केन्द्रीय राजश्व कार्यालयमा दाखिला गरेको छ ।

मालपोत कार्यालयले यस वर्ष ग्रामीण क्षेत्रको १५४ र शहरी क्षेत्रको दुई हजार ४३९ लिखत गरेको छ । एक सय ८७ जनाको जग्गाको नामसारी, ३५ जनाको जग्गाको क्षेत्रफल संशोधन र १७ जनाको जग्गाको अदालतबाट दाखिला गरेको छ । गत आवदेखि मालपोत कार्यालय रामपुरले रामपुर नगरपालिकासहित बाकामलाङ, सहलकोट, झिरुवास, मित्याल, गल्धा, अर्चले र सिलुवाका सेवाग्राहीलाई सेवा प्रदान गर्दैआएको छ ।

यस्तै आव २०७२÷७३ मा रु तीन करोड ७४ लाख ६० हजार राजश्व संकलन गरेको जिल्ला मालपोत कार्यालय तानसेनले आव २०७३÷७४ मा रु चार करोड ६९ लाख ५९ हजार संकलन गरेको छ । नापी कार्यालयले आव २०७३÷७४ मा रु सात लाख राजश्व संकलन गरेको छ । कार्यालयले नक्सा प्रिन्ट, ट्रेस र फिल्ड रेखाङ्कनमार्फत रु ६ लाख ९७ हजार राजश्व संकलन गरेको छ ।

आव २०७२÷७३ मा रु ५ लाख ११ हजार राजस्व संकलन गरेको कार्यालयले आव २०७३÷७४ मा रु एक लाख ८६ हजार बढी राजस्व संकलन गरेको छ । कार्यालयले नक्सा ब्लु प्रिन्ट र नक्सा ट्रेस शुल्कमार्फत रु चार लाख ७७ हजार र फिल्ड रेखाङ्कनमार्फत रु दुई लाख २० हजार राजश्व संकलन गरेको नापी कार्यालयका निमित्त प्रमुख रामनाथ महतोले बताउनुभयो ।

विसं २०७१ मङ्सिरमा स्थापना भएको कार्यालयले हाल नक्सा प्रिन्ट, टे«स, फिल्ड रेखाङ्कनलगायतका कार्य गर्दैआएको छ । कार्यालयले रामपुर, दर्छा, गाँडाकोट, खालीवन, गेझा, सहलकोट, झिरुवास, गल्धा, अर्चले, सिलुवाका सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter