‘कालिञ्चोक चौँरी महोत्सव’ हुने

chauriकाठमाडौँ, साउन १७ गते। सामाजिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको दोलखाको कालिञ्चोकमा ‘कालिञ्चोक चौँरी महोत्सव–२०७४’ हुने भएको छ ।

कालिञ्चोक गाउँपालिकाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा पहिलोपटक यही साउन २२ र २३ गते कालिञ्चोक गाउँपालिका–६ घ्याङडाँडामा कालिञ्चोक चौँरी महोत्सव गर्न लागिएको जानकारी दिइयो ।

सम्मेलनमा कालिञ्चोक गाउँपालिका उपाध्यक्ष कालिका पाठकले किसानलाई चौँरीपालतर्फ आकर्षित गर्न उक्त महोत्सव गर्न लागेको जानकारी दिनुभयो । “हामीले पहिलो गाउँसभाको बैठक बसेर कृषिलाई अगाडि बढाउनका लागि चौँरी महोत्सव गर्ने निर्णय गरेका थियौँ, सोही निर्णयअनुसार महोत्सव आयोजना गर्न लागेका हौँ,”–उपाध्यक्ष पाठकले भन्नुभयो ।

पूर्व पर्यटनमन्त्री एवम् सोही क्षेत्रका सांसद आनन्दप्रसाद पोखरेलले देशको विकासका लागि पर्यटन क्षेत्रको विकास आवश्यक रहेको हुँदा यस्ता कार्यक्रमले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सरकारले देशको विकास गर्ने हो भने पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।”

सांसद पशुपति चौलागाईंले पर्यटकीय महत्व बोकेको कालिञ्चोक क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन यो महोत्सवले सहयोग गर्ने बताउनुभयो । सांसद पार्वत गुरुङले चौँरी पालनलाई आकर्षणको पेशा बनाउन महोत्सवले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालमा धेरै स्रोत साधन हुँदा पनि पछाडि परेको बताउँदै यस्ता स्रोत साधनलाई सदुपयोग गरी मुलुकको पर्यटन क्षेत्रको विकासका लागि यस्ता महोत्सवले सहयोग पुग्ने स्पष्ट पार्नुभयो ।

महोत्सवले व्यावसायिक रुपले चौँरीपालन गर्ने कृषकको संख्यामा समेत वृद्धि हुने आयोजकले लक्ष्य राखेको छ । १० देखि २० वटासम्म कक्ष राखिने महोत्सवमा चौँरी र याकको प्रदर्शन, चौँरीजन्य उत्पादन प्रदर्शन तथा बिक्रीवितरण, सांस्कृतिक झाँकी प्रदर्शन, पशु स्वास्थ्य शिविर सञ्चालन गरिने बताइएको छ ।

दुई दिनसम्म चल्ने महोत्सवको नेकपा (एमाले) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने आयोजकले जनाएको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter