झापामा नौ सय सहकारी

government logoभद्रपुर, साउन १९ गते । झापामा हाल ८९९ वटा सहकारी रहेका छन् । डिभिजन सहकारी कार्यालय भद्रपुरका अनुसार आर्थिक वर्ष २०७२÷७३ मा ८७४ वटा सहकारी रहेकामा आव २०७३÷७४ मा ४० वटा सहकारी थपिकमा छन् । दर्ता भएका सहकारीमा विभिन्न कारणले नौवटा खारेजमा परेका छन् । एकीकरणबाट छवटा सहकारी कम भएको डिभिजन सहकारी कार्यालयका प्रमुख दुर्गाप्रसाद न्यौपानेले बताउनु्भयो ।

बचत तथा क्रृण लगानी गर्ने २९८ वटा सहकारीमा गत आवमा रु पाँच अर्ब २८ करोड ८७ लाख ९७ हजार बचत भएको थियो । जिल्लामा रु एक करोडदेखि रु पाँच करोडसम्म कारोबार गर्ने सहकारी १४६ र रु पाँच करोडदेखि रु ५० करोडसम्मको कारोबार गर्ने ४८ सहकारी छन् । रु ५० करोडभन्दा बढी कारोबार गर्ने सहकारी चारवटा छन् । रु ५० करोडभन्दा माथि कारोबार गर्ने सहकारीमा नेपाल बहुउद्देश्य सहकारी संस्था लिमिटेड मेचीनगर नगरपालिका, सहारा नेपाल बचत तथा क्रृण सहकारी संस्था लिमिटेड विर्तामोड, मेची सहकारी संस्था लिमिटेड दमक र सूर्य दर्शन बचत तथा क्रृण सहकारी संस्था लिमिटेड दमक छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter