धनगढीका मेयरको अभियान : भोट बराबर बोट

Dhangadhi Mayorतेजराज भट्ट / धनगढी, साउन २० गते । स्थानीय तहको निर्वाचनमा आफूले पाएको मत बराबर संख्यामा वृक्षारोपण गर्नका लागि धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले ‘भोट बराबर बोट’ अभियान शुरु गरेका छन् ।अभियान अन्तरगत निर्वाचनमा आफूले पाएको १४ हजार ३ सय २४ मत जतिकै संख्यामा उपमहानगर क्षेत्रभित्र वृक्षारोपण गरिने नगर प्रमुख वडले बताए । धनगढी उपमहानगरपालिका–१३, स्थित कैलाली सामुदायिक वनमा शुक्रबार वृक्षारोपण गरेर उनले अभियानको शुरुवात गरेका छन् ।

धनगढीलाई हरियालीयुक्त शहर बनाउने उद्देश्यले भोट बराबर बोट अभियान शुरु गरिएको उनले बताए । ‘निर्वाचन प्रचार अभियानका क्रममा धनगढीलाई हरियालीयुक्त शहर बनाउने प्रतिवद्धता गरेको थिएँ, हरियाली शहर बनाउने प्रतिवद्धता पुरा गर्न यस्तो अभियान शुरु गरेको हुँ ।’ नगर प्रमुख वडले भने–‘१४ हजार ३ सय २४ वटा विरुवा रोप्ने लक्ष्य राखेका छौं ।’नगर क्षेत्रका सामुदायिक वन, मठमन्दिर, विद्यालय परिसर तथा सार्वजनिक ठाउँमा वृक्षारोपण गरिने उनले बताए । विरुवाका लागि जिल्ला वन कार्यालयले उपलब्ध गराउने तथा वृक्षारोपणका लागि सामुदायिक वन एवं नगरबासीसंग समन्वय गरिने नगर प्रमुख वडले बताए । धनगढी उपमहानगरपालिका भित्र २ वटा धार्मिकसहित ५९ सामुदायिक वन रहेका छन् ।

नगर क्षेत्रभित्र साँघुरा सडक भएकाले स्तरोन्नति नहुञ्जेलसम्म सडक छेउछाउमा भने तत्काल वृक्षारोपण नगरिने वडले बताए । नगरलाई हरियालीयुक्त बनाउने निर्वाचनअघिको प्रतिवद्धता अनुरुप एक घर दुई रुखको नीति ल्याउन लागिएको समेत उनले बताए । ‘एक बनाउँदा दुई वटा रुख नरोपे नक्सा पास नहुने नीतिगत व्यवस्था गर्न लागेका छौं ।’ वडले भने–‘नगरबासीको सहयोग भए हरियालीयुक्त नगर बनाउन संभव छ ।’ स्थानीय तहको निर्वाचनमा धनगढीमा प्रमुख, उपप्रमुखसहित १२ वटा वडामा नेपाली काँग्रेसले जीत हासिल गरेको थियो ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter