जापानी सीप नेपालमा सदुपयोग

bakeryकाठमाडौँ, साउन २१ गते । नेपाली उद्यमीले जापानी स्वादमा गत साताबाट जापानीज बेकरी एण्ड क्याफे सञ्चालनमा ल्याएका छन् ।

नौ वर्ष जापानमा काम गरेका काभ्रे पनौती निवासी, नीरञ्जन अधिकारीको सो बेकरी व्यवसाय र उद्योग एकैपटक सञ्चालनमा आएको हो । नौ वर्ष अनुभव प्राप्त अधिकारीले अन्ततः सिकेको सीप स्वदेशमा उपयोग गरेका छन् । बेकरी उद्योगमा तीन र व्यवसायमा तीन गरी हाल छ जना व्यक्तिलाई उनले रोजगार समेत दिइएको छ ।

काठमाडौँको महराजगञ्जमा सञ्चालित सो बेकरीको नाम उम्दा जापनीज् बेकरी हो । पहिलो चरणमा रु ३५ लाख लगानी गरेर सुरु गरेको सो बेकरीले ४० मिनेटमा अर्डरबमोजिमका सामग्री तयार गर्ने, उपभोक्तालाई ‘होम डेलीभरी’ सर्भिस दिने र कच्चा पदार्थ जापानबाट आयात गर्ने गर्छ ।

जापानको होकादो शहरमा नौ वर्ष काम गरेका उद्यमी अधिकारीले पहिलो चरणमा बनेपा, भक्तपुर र झम्सिखेलमा छिट्टै शाखा सञ्चालनमा ल्याउने बताउँदै आगामी पाँच वर्षभित्र देशका सबै शहरमा उम्दा जाप्नीज बेकरी एण्ड क्याफे सञ्चालनमा ल्याउने र करिब दुई हजार व्यक्तिलाई रोजगार दिने उनको योजना छ ।

जापानमा बस्दा उनको जापानी साथी मुराकामीले नेपालमा उद्योग र बेकरी पसल एकैपटक सञ्चालन गर्ने सल्लाह दिएका थिए । उनकै सुझावमा स्थापना गरिएको सो संस्थामा मुख्य उत्पादनकर्ता जापानी नागरिक इतो केही छन् ।

पछिल्लोपटक सो बेकरी उद्योगलाई सिंगापुर, भारत, बंगलादेश र ताइवानबाट शाखा विस्तार गर्ने प्रस्ताव आएको छ । गत साता मात्र महाराजगञ्जमा सञ्चालित पसलमा दैनिक ३०० उपभोक्ता आउने गरेका छन् ।

पछिल्लो समयमा विवाह, जन्मोत्सव तथा अन्य शुभकार्यमा केक काट्ने प्रचलन बढेसँगै नेपालमा केक तथा बेकरी उद्योग फष्टाउन थालेका छन् । रासस

Related News

Comments are closed

TOP NEWSview all

Japan Hands Over the Sanitary Napkin-Making Machine in Parsa

Mayor Shah directs employees to reduce visits, seminars

Veteran singer, musician Bhakta Raj Acharya passes away

Trade deficit of Rs 811 billion in first seven months

WHO congratulates Nepal for legislation to restrict trans-fatty acids in food




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter