मुलुकभर पुग्यो ‘इलामे अलैँची’

Alichiराजु शिवा / इलाम, साउन २२ गते । नगदे बालीको खेतीबाट जीवनस्तर उठाइरहेका इलामे किसान देशभरका लागि प्रेरणासमेत बनिरहेका छन । इलामको मुख्य नगदेबाली अलैँचीबाट इलामका किसानको आर्थिक फडरको मारेको देखे/सुनेपछि देशका अन्य जिल्लाबाट इलामका किसानबाट खेती प्रविधि सिक्ने र यहाँ उत्पादन र प्रयोग गरेको बीउ लैजानेको सङरख्या बर्सेनि बढरदै गइरहेको छ ।

इलामको फिक्कलमा रहेको देशकै एक मात्र अलैँची विकास केन्द्रले दानाबाट उत्पादन गरेको अलैँचीको बिरुवा कृषि विकास कार्यालयमार्फत देशका विभिन्न जिल्लाका किसानले मन पराएको कृषि विकास कार्यालय, इलामले जनाएको छ ।

इलाममा उत्पादन भएको अलैँचीको बिरुवा इलामबाहेक पाँचथर, ताप्लेजुङ, धनकुटा, उदयपुर, खोटाङ, सङरखुवासभा, अछाम, रोल्पा, डोल्पा, गोर्खा, नुवाकोट, दैलेखलगायत देशका १४ जिल्लामा गइरहेको अलैँची विकास केन्द्र फिक्कलका प्रमुख पदम अधिकारीले जानकारी दिनुभयो । केन्द्रबाहेक इलाममा जिर्मले, शान्तिपुरलगायतका किसान आफैँले समेत बिरुवा उत्पादन गरी बेच्ने गरेको जानकारी दिँदै प्रमुख अधिकारीले भन्नुभयो, यो वर्ष खोटाङ र उदयपुरमा सबैभन्दा बढी बिरुवा गएको छ ।

धेरैजसो किसानले सिधै टेलिफोन गरेर बिरुवा अर्डर गर्ने गरेको जनाउँदै अधिकारी भन्नुहुन्छ, इलामको अलैँची अहिले देशभरजसो पुग्ने क्रममा छ । आफूहरूले उत्पादन गरेको बिरुवा सबै किसानलाई पु¥याउन नसक्ने अवस्था रहे पनि यो वर्ष बिरुवाको माग केही कम भएको अधिकारीले बताउनुभयो ।

केन्द्रले यो वर्ष असार महिनादेखि नै किसानलाई बिरुवा उपलब्ध गराइरहेको छ । केन्द्रले उत्पादन गरेको पाँच लाख रोगरहित बिरुवामध्ये तीन लाख जति बिरुवा बिक्री भइसकेको र बाँकी बिक्रीकै क्रममा रहेको अधिकारीले बताउनुभयो ।

बढी बिरुवा माग हुने समयमा स्थानीय तहको चुनाव भएकाले धेरै किसान त्यतैतिर अलमल हुँदा यस वर्ष सोंचेभन्दा कम बिरुवा माग भइरहेको जानकारी दिँदै केन्द्र प्रमुख पदम अधिकारीले भन्नुभयो, इलामको बिरुवा पुगेका जिल्लामा निजी नर्सरी पनि सञ्चालन भएकाले पनि यो वर्ष माग कम भएको होला । केन्द्रले उत्पादन गरेको बिरुवा किसानलाई प्रतिगोटा पाँच रुपियाँमा उपलब्ध गराइने गरेको छ ।

विगतका वर्ष केन्द्रले उत्पादन गर्ने बिरुवा ‘हात्तीको मुखमा जिरा’ भने जस्तो गरी अपुग हुने गरेको भए पनि यो वर्ष बिरुवाको माग घटेको केन्द्रका अञ्जलीकुमार न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, अलैँचीको भाउ ह्वातै घटेका कारण पनि किसानले बगान विस्तार गर्न मन नगर्दा माग घटेको हुनसक्छ । यो वर्ष अलैँचीको मूल्य प्रतिमन ४० देखि ४५ हजार रुपियाँ मात्र छ । अघिल्लो वर्ष अलैँचीको भाउ एक लाख १० हजार रुपियाँ प्रतिमनसम्म पुगेको थियो ।

कृषि विकास कार्यालय इलामले पनि यो वर्ष अलैँचीको बिरुवाको माग केही घटेको जनाएको छ । कृषि विकास कार्यालयको फिक्कल देउराली, नेपालटार, मङरगलबारे र इलाम सेवा केन्द्रबाट मात्रै गएको वर्ष २० लाख बिरुवाको माग थियो तर यो वर्ष अलैँचीको बिरुवाको माग घटेको कार्यालयले जानकारी दिएको छ ।

विगतमा बिरुवाको माग धान्न नसकेकै कारण निरोगी बिरुवा उत्पादन गर्ने सीप किसानलाई सिकाएर पठाएको जानकारी दिँदै केन्द्र प्रमुख अधिकारीले भन्नुभयो, किसान आफैले पनि बिरुवा उत्पादनको सीप जानेर होला हाम्रोमा पनि बिरुवाको माग घटरदैछ । अघिल्लो वर्ष कृषि विकास कार्यालयले अलैँची विकास केन्द्रको बिरुवा अपुग भएपछि किसानले उत्पादन गरेको बिरुवा समेत सङरकलन गरी वितरण गरेको थियो । अलैँची विकास केन्द्रबाट निरोगी बिरुवा लगेपछि अहिले इलाममा निजी नर्सरी पनि खुलेका छनर । इलामका अलैँची किसान एकैजनाले बिरुवा बेचेर मात्र एक सिजनमा १० लाख रुपियाँसम्म कमाइ गर्ने गरेका छन । इलामबाहेक, पाँचथर धनकुटालगायतका जिल्लामा पनि किसानले अलैँचीको नर्सरी स्थापना गरेका छनर । किसानले ३५ लाख हाराहारीसम्मको बिरुवा तयार पारेको बताइएको छ ।

इलामको जिर्मलेमा रहेको ‘जिर्मले’ जातको बिरुवा रामसाई र गोल्साई जातका बिरुवा किसानले लगाउँदै आएका छनर । जिर्मले जातको अलैँची सात सयदेखि एक हजार एक सय मिटरसम्मको उचाइमा फस्टाउने जनाइएको छ । त्यस्तै एक हजार दुई सयदेखि एक हजार चार सय मिटरको उचाइमा गोल्साई र त्यसभन्दा माथि एक हजार आठ सयदेखि दुई हजार मिटरसम्मको उचाइमा रामसाई जातको अलैँची खेती हुने कृषि विकास कार्यालय, इलामले जानकारी दिएको छ ।

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter