भूकम्प अतिप्रभावित जिल्लामा पुनः सर्वेक्षण हुने

Nepal Reconstruction Authorityकाठमाडौँ, साउन २२ गते । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले साउन २६ गतेदेखि ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाञ्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा र गोरखा गरी पहिलो चरणमा आठ जिल्लामा छुट सर्वेक्षण गर्ने भएको छ ।

आठ जिल्लामा खटिने १६८ इञ्जिनियरका लागि पहिलो चरणको तालिम आजदेखि शुरु गरिएको छ । तालीमको आरम्भ प्राधिकरणका सचिव सर्वजितप्रसाद महतोले गर्नुभयो । छुट सर्वेक्षण तथा पुनः जाँचमा खटिने इञ्जिनियरलाई पुनःनिर्माणको कामलाई छिटो र छरितो रुपमा सम्पन्न गर्ने दायित्व भएकाले जिम्मेवार भएर काम गर्न उहाँले निर्देशन दिनुभयो ।

प्राधिकरणका कार्यकारी समिति सदस्य हरिराम पराजुलीले पुनः सर्वेक्षणमा त्रुटि हुन नदिनेतर्फ सचेत रहन आग्रह गर्नुभयो । केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक सुमनराज अर्यालले कुनै पनि पीडित नछुटून् भन्नेमा चनाखो हुन अनुरोध गर्नुभयो ।

प्राधिकरणको नेतृत्वमा केन्द्रीय तथ्याङ्क विभागसँगको सहकार्यमा सर्वेक्षणको स्थलगत सूचना संकलन हुने जनाइएको छ । बाँकी छ जिल्लामा खटिने १६४ इञ्जिनियरका लागि यही साउन २६ गतेदेखि दोस्रो चरणको तालीम सञ्चालन हुनेछ । दोस्रो चरणमा परेका काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुली, मकवानपुर र धादिङ गरी छ जिल्ला छन् । यी जिल्लामा साउन ३० गतेदेखि स्थलगत तथ्याङ्क संकलन शुरु हुनेछ ।

गुनासो फछ्र्याेटमार्फत छुट सर्वेक्षण तथा पुनः जाँचमा परेका भूकम्प अतिप्रभावित १४ जिल्लाका गुनासोकर्ताको घरदैलोमा पुगी स्थलगत तथ्याङ्क संकलनमा ३३२ इञ्जिनियर खटिनेछन् ।

प्राधिकरणले भदौ ३१ भित्रमा सबै जिल्लामा स्थलगत तथ्याङ्क संकलन सम्पन्न गर्ने लक्ष्य लिएको छ । कार्यक्रमअन्तर्गत १४ जिल्लाका ८१ हजार ८२ परिवारको पुनः जाँच र ५२ हजार २७८ परिवारको छुट सर्वेक्षण गरी कुल एकलाख ३३ हजार ३६० परिवारको सर्वेक्षण गरिनेछ ।

गुनासो दर्ता गराएकामध्ये ३९ हजार ९७ परिवार यसअघि नै पुनःनिर्माण अनुदान लाभग्राही सूची र १३ हजार ५६५ परिवार प्रबलीकरण लाभग्राही सूचीमा परेका छन् । सिन्धुली, मकवानपुर, काभ्रेपलाञ्चोक र दोलखामा सर्वेक्षण गर्नुपर्ने सङ्ख्या बढी छ भने रसुवा, ललितपुर, भक्तपुरमा कम रहेको प्राधिकरणले जनाएको छ ।

भूकम्प अतिप्रभावित १४ जिल्लामा दुईलाख सातहजार ५०० ले गुनासो दर्ता गराएका थिए । स्थलगत रुपमा तथ्याङ्क संकलन इञ्जिनियर र स्थानीय सामाजिक परिचालकको समूहले गर्नेछ । प्राधिकरणले स्थानीय जनप्रतिनिधिको साथ र सहयोग लिएर काम गर्न इञ्जिनियरलाई निर्देशन दिएको छ । ट्याब्लेट प्रविधिको प्रयोग गरी संकलन गरिने विवरण इन्टरनेटमार्फत केन्द्रीय तथ्याङ्क विभागको सर्भरमा भण्डारण हुनेछ । यसरी आएको तथ्याङ्कको गहन विश्लेषण गरिने प्राधिकरणले जनाएको छ ।

पुनःसर्वेक्षण तथा पुनः जाँच भएका परिवार लाभग्राही सूचीमा पर्ने÷नपर्ने असोज मसान्तसम्ममा निर्णय भइसक्ने लक्ष्य राखिएको छ । प्राधिकरणले भूकम्प अतिप्रभावित क्षेत्रका बासिन्दा, स्थानीय तहका जनप्रतिनिधि, राजनैतिक दल र अन्य सम्बद्ध सबैमा पुनःसर्वेक्षण तथा जाँचलाई सफल पार्नका लागि सहयोग गर्न आह्वान गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter