डुबेर चार बालिकाको मृत्यु भएको घटनामा अनुसन्धान शुरु

NHRCकाठमाडौँ, साउन २२ गते । राष्ट्रिय मानव अधिकार आयोगले रौतहट जिल्लामा सडकको खाल्डोमा डुबेर चार बालिकाको मृत्यु भएको घटनाको अनुसन्धान शुरु गरेको छ ।

रौतहटको गरुडा नगरपालिका–४, गौर–चन्द्रनिगाहपुर सडकखण्ड छेउको खाल्डोमा डुबी शनिबार चारजना बालिकाको मृत्यु भएको घटनाका सम्बन्धमा परेको उजुरीमा छानबिन प्रारम्भ गरेको आयोगका सचिव वेदप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

आयोगले आजै जारी गरेको प्रेस विज्ञप्तिमा घटनाको अनुसन्धानका लागि क्षेत्रीय कार्यालय जनकपुरबाट एक अनुसन्धान टोली घटनास्थलतर्फ खटाइएको उल्लेख छ । “विकासको अधिकार मानव अधिकारको अभिन्न अङ्ग हो, आम नागरिकको विकासको अधिकारलाई सुनिश्चित र कार्यान्वयन गर्दा सरकारले मानव अधिकार विकास पद्धतिको अवलम्बन गर्नुपर्दछ”–विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, आम नागरिक र विशेषगरी बालबालिका, महिला, वृद्ध, अपाङ्गता भएका व्यक्तिको जीवनको अधिकारको संरक्षण गरिनुपर्नेमा सरकार जिम्मेवार रहनुपर्ने आयोगले स्मरण गराउँदै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सार्वजनिक निर्माणका क्रममा निर्माण कम्पनीबाट हुने गरेको लापरबाही र सरकारी निकायको उदासीनताका कारण व्यक्तिले जीवनको अधिकार नै गुमाउनुपर्ने अवस्था हुनु अत्यन्त दुःखद स्थिति भएको आयोगको ठहर छ ।

आयोगले भविष्यमा यस्ता लापरबाहीपूर्ण कार्य हुन नदिन सरकार जिम्मेवार हुन र यस्ता घटनाबाट भएको मानवीय क्षतिप्रति पूर्ण संवेदनशील हुँदै दोषीलाई कारबाहीको मागसमेत गरेको छ ।

त्यस्तै, भविष्यमा यस किसिमको घटना दोहोरिन नदिन अपनाउनुपर्ने पूर्वसतर्कता अपनाउन तथा पीडित परिवारलाई उचित राहत एवम् क्षतिपूर्ति प्रदान गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ । रासस

Related News

Comments are closed

TOP NEWSview all

Four-nation championship: Nepal into the final

KMC installs Pelican crossings at 36 key locations

Japan to recruit 20,000 Nepali caregivers for health sector

Mushroom industry opened in Nawalparasi

UML reminds PM to revise provisions of Cooperative Ordinance




Positive Development Media Pvt. Ltd. / Regd. No: 232 / 073-74

Newbaneshwor
Kathmandu, Nepal

4479401


Editor : Mr. Divesh J.B. Rana

Chairperson : Mr. Kishore Thapa


Counter:
Web Counter